सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नयाँ तिज गीत “ आउने साल ”मा सुस्मिता श्रेष्ठले शितल के.सी.संग नाच्न नपाए पछि भयो हंगामा

काठमाडौं । २०८० सालको तिज नजिकिदै गर्दा बिभिन्न लय र स्वरहरुमा तिज गीत बजारमा आउने क्रम बढी रहेको बेलामा मोडल तथा नायीका सुस्मिता श्रेष्ठ र डुब्लिकेट राजेशहमाल भनेर चिनिने शितल के.सी. अभिनित “ आउने साल ”बोलको तिज गीत बजारमा आएको छ ।
पनाह मुभिजको आधिकारीक युट्युब च्यानलबाट सार्वजानिक गरिएको यो गीतको शुरुमा सुस्मिता श्रेष्ठलाई बिहेको लागि हेर्न आएको शितल के.सी.ले अर्कैलाई मनपराए पछि तिज नृत्यको हंगामा भएको देख्न सकिन्छ ।
यो गीतको भिडियोमा पनाह अधिकारी ,शितल के.सी.,सुस्मिता श्रेष्ठ,राज बस्न्यात,निर्जल श्रेष्ठ,सरिता भण्डारी,सानु ताम्राकार,आश्मा पाण्डे,पवि अर्याल,दिनेश अवाल लगायतको अभिनय रहेको छ ।
पनाह अधिकारीको शव्द,बिकास चौधरीको संगीत रहेको गीतमा सहिमा श्रेष्ठ र बिकास चौधरीको स्वर रहेको छ ।
यो गीतको छायांकनमा शिव ढकाल,एरेन्ज धिरज श्रेष्ठ,मेकअप बिष्णु कार्की,कोरियोग्राफि कमल राई,सम्पादन विनोद बम,ब्यवस्थापक दिनेश अवाल,रहेका छन् भने निर्देशक र प्रोडुसर राज बस्न्यात हुन् ।
यो गीतमा बाल कलाकारको भुमिका एलेक्स खड्काको रहेको छ ।
गीतले रामै बजार तताउने आँकलन गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »