सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दिगो जिविकोपार्जनलागि व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

नेपालगन्ज, बर्दियामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुको लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम गुलरिया नगरपालिकामा सोमवारबाट शुरु भएको छ ।


सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्कोद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको हो ।
युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु उक्त तालिमको मुख्य उद्देश्य रहेको जनाईएको छ ।


बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले व्यवसायको व्यवसायिक योजनाको पुनरावलोकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु पनि कार्यक्रमको उदेश्य रहेको बताउनुभयो ।


तालिमको सहजीकरण राज बहादुर चौधरीले गर्नु भएको छ भने तालिममा प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम संयोजक गोमावली चौधरीको पनि सहभािगाता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने सो तालिममा गुलरियाका ३० जना युवा महिला व्यवसायीको सहभागिता रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »