सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघको (एशोसिएट) सदस्यमा कमलकुमार कार्की र प्रदिपकुमार गुप्ता निर्वाचित


नेपालगन्ज , नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा (एशोसिएट) तर्फको सदस्यको अन्तिम परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार (एशोसिएट) सदस्यमा १ सय ११ मत प्राप्त गरी कमलकुमार कार्की र ८८ मत प्राप्त गरेर प्रदिपकुमार गुप्ता निर्वाचित भएका हुन् ।


कार्की समावेशी समुहबाट र गुप्ता साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट चुनाव लडेका थिए । निकटतम प्रतिस्पर्धी पुरुषेत्तम अग्रवालले ५८ र सञ्जय अग्रवालले ४२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
नेपालगन्ज रंगशालामा संघको सदस्य पदको मतगणना अहिले चलिरहेको छ । सदस्य पदको मतगणना पश्चात पदाधिकारीको गणना गरिने निर्वाचन अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »