सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘गदर २’ बन्यो ‘पठान’पछि यस वर्ष दोस्रो धेरै कमाउने हिन्दी फिल्म


नेपालगंज, ‘गदर २’ले यतिबेला बलिउडमा उछाल कमाइ गरिरहेको छ । बुधबार पनि फिल्मले ३२.३७ करोड भारु ग्रस कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय बक्स अफिसमा मात्र ६ दिनमा फिल्मको कुल कमाइ २६१.३५ करोड भारु पुगेको छ । यो कमाइसँगै ‘गदर २’ शाहरुख खान स्टारर ‘पठान’पछि सन् २०२३ मा दोस्रो धेरै कमाउने हिन्दी फिल्म बनेको छ । फिल्मले ‘द केरला स्टोरी’को लाइफटाइम कलेक्सनलाई उछिनेको छ ।


अक्षय कुमारको ‘ओह माइ गड २’ ले बुधबार ७.२० करोड भारु कलेक्सन गर्‍यो । फिल्मको कुल कमाइ ७९.४७ करोड भारु पुगेको छ । ६ दिनमै ‘गदर २’ वर्षकै दोस्रो ठूलो हिन्दी फिल्म बनेको छ ।
शाहरुख खानको फिल्म पठान (५४३.०५ करोड भारु)ले मात्रै अगाडि छ । यो वर्ष ‘द केरला स्टोरीजस्ता सानो बजेटको फिल्मले राम्रो व्यापार गर्‍यो । फिल्म २३८ करोड भारु कमाइसहित दोस्रो स्थानमा रह्यो । ‘गदर २’ रिलिज भएको एक साता पनि भइसकेको छैन, यसले यो वर्षका धेरै ठूला फिल्मलाई पछि पारेको छ ।
‘गदर २’ विदेशमा पनि राम्रो चलिरहेको छ । इन्डस्ट्री ट्रयाकर स्याकलिंकका अनुसार फिल्मको ओभरसिज कलेक्सन २८ करोड भारु छ । यसअनुसार बुधबार गदर २ को विश्वव्यापी संकलन २९८.२ करोड भारु पुगेको छ ।
सामाजिक सञ्जालका केही ट्रेड विज्ञले ‘गदर २’ ले ‘पठान’को जीवनभरको कलेक्सनलाई हराउन सक्ने बताएका छन् । फिल्मले जुन गतिमा कमाइ गरिरहेको छ, त्यो पनि सम्भव देखिन्छ । फिल्मले दोस्रो हप्तामा कस्तो कमाइ गर्छ त्यो हेर्नु चासोको विषय हो ।
विशेष कुरा के छ भने पठान सोलो रिलिज भएको हो । यसबाहेक यसको स्क्रिन काउन्ट पनि गदर २ भन्दा बढी थियो । यति हुँदाहुँदै पनि गदर २ पठानको कमाइ नजिक पुग्यो भने त्यो आफैंमा ऐतिहासिक हुनेछ ।
‘ओएमजी २’ पनि बिस्तारै १०० करोड क्लबमा सामेल हुने बाटोमा छ । अक्षय कुमारको लागि यो राहत हुनेछ । उनको अघिल्लो फिल्म ‘सेल्फी’ असफल रह्यो । यस्तो अवस्थामा उनले ओएमजी २ बाट धेरै अपेक्षा गरेका छन् । (अनलाइनखबर)

भर्खरै

सम्बन्धित खबर

Language »