सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्रद्धाभक्तिका साथ बुधवार श्रीकृष्ण जन्माष्टमी मनाईंदै


नेपालगञ्ज , भाद्र कृष्ण अष्टमीका दिनमा बुधवार हिन्दु धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् ।
द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको धार्मिक मान्यता छ ।
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिएको धार्मिक मान्यता छ ।


अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धतीमा जन्म लिएको र आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको शास्त्रमा उल्लेख छ । कुरुक्षेत्रमा कौरवहरूसागको लडाइामा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यत्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ ।


कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यसै अवसरमा बुधवार ललितपूरपाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरसहित मुलुकभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लले मंगलबजारस्थित आफ्नो दरबार अगाडि विक्रम संवत् १६९३ मा राधा र कृष्णको मूर्ति स्थापना गरी २१ गजुरयुक्त शिखर शैलीमा ढुंगामात्र प्रयोग गरी कृष्ण मन्दिर बनाएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »