सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन आइपुग्यो


नेपालगन्ज,नेपालगन्जको भेरी अस्पतालमा बिगत केही महिना देखि अभाव भइरहेको कुकुरको टोकाइ विरुद्ध लगाइने सुई एआरभी भेरी अस्पतालमा आइपुगेको छ।
विगत केही महिना देखि उक्त भ्याक्सिन अभाव हुदा रेबिज विरुद्धको उपचार सेवा सेवा प्रभावित भएको थियो।
भेरी अस्पतालमा एआरभी भ्याक्सिन उपलब्ध नहुँदा विरामीले उपचार गराउँदा निजि क्लिनिकमा चर्को मुल्य तिर्नु परेको थियो ।
उपचारमा समस्या र सर्वसाधारणको गुनासो बढेपछी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवन जङ्ग रायमाझीको पहलमा ८४० भाइल एआरभी भ्याक्सिन अस्पतालमा आइपुगेको छ ।


शनिबार देखि नै अस्पतालबाट निःशुल्क रुपमा विरामीलाई कुकुरले टोकेर हुने रेबिजको उपचारमा प्रयोग हुने एआरभी Anti Rabies Vaccine (ARV) सेवा उपलब्ध हुने जानकारी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवन जङ्ग रायमाझीले दिनु भएको छ।
साथै क्यान्सर (Biospy गर्ने)जस्ता रोगको पहिचान गर्न अति आवश्यक हिस्टोप्याथोलोजी मसिन भेरी अस्पतालमा जडान भईरहेको छ । मसिनबाट सेवा प्रवाह हुनेभएपछि विरामिले निजि ल्याबमा चुकाउनु पर्ने चर्को मुल्यको बाध्यता हट्ने कुराको जानकारी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले दिनु भयो। राष्ट्रिय प्रयोगशालाको हस्तान्तरण फारम अनुसार हिस्टोप्याथोलोजी मसिनको मुल्य करिब रु २६ लाख रहेको छ।
साथै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको सेवा पनि भेरी अस्पतालमा शुरु गरिनेछ । सन् २०१५— ०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोपको कास्की र चितवनमा पाइलोटिङक भईसकेको थियो ।
कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल बाँके, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट एकै दिन एचपिभी खोप प्रदान गरिने सरकारको तयारी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »