सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा विश्व प्राथमिक उपचार दिवस मनाइयो

नेपालगंज, प्रविधिको युगमा प्राथमिक उपचार “First Aid in the Digital World” भन्ने मुलनाराका साथ विश्व प्राथमिक उपचार दिवस शनिवार नेपालगंजमा मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा सड्क दुर्घटनाका घाइतेलाई प्राथमिक उपचार सेवा प्रदानको कृत्रिम घटना अभ्यास गरि दिवस मनाइएको हो ।


दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले प्राथमिक उपचारको सामान्य ज्ञान र सीप सबैमा हुनु आवश्यक छ र आवश्यकता परेको बेला तत्काल घाइतेलाई घटना स्थलमा प्राथमिक उपचार प्रदान गर्न सके धेरैको जीवन रक्षा हुने कुरा उल्लेख गर्दै स्थानीय सरकारले प्राथमिक उपचार स्वयंसेवक तयार गर्नुपर्ने जरुरी रहेको बताउनु भयो ।
कृत्रिम घटना अभ्यासमा हातको बन्द भचाई, खुट्टाको खुल्ला भचाई एवं रक्तश्राव भचाई, मुटु र फोक्सो पुनसंचालन प्रक्रिया (सिपीआर) र घाइतेलाई सुरक्षित आसनमा राख्ने तारिका प्रर्दशन गरिएको थियो ।
कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष नन्दकिशोर कश्यप, नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, सदरलाइन उपशाखाका सभापति ओमप्रकाश आजाद, शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी लगायत शाखा, उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी, प्रहरी, शिक्षक, रेडक्रस प्राथमिक उपचार स्वयंसेवक र स्थानीय बासीहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »