सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल तामाङ कलाकार संघको नयाँ नेतृत्वमा बिशाल काल्तान

काठमाडौं ।नेपाल तामाङ कलाकार संघको अध्यक्ष दोङको अनुसार संघको १६ औं बार्षिक साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री माननिय तिर्थ लामाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम जोरपाटी स्थित याङ्रिमा हिल सिटिमा भएको हो ।
समग्र तामाङ कलाकारहरुको एकता, तिनलाई व्यावसायीकता बनाउने र समग्र तामाङ कलाकारहरुको हकहितको निमित्त २०६२ सालमा दर्ता भएको उक्त संस्था हाल तामाङ कलकारहरुको अभिन्न अंगको रुपमा स्थापित भएको छ । तामाङ गीतसंगीतको प्रर्बद्धन, संस्कार संस्कृतिको जोगेर्ना संगै समुदायमा आपत विपतको बेला समेत सहयोगी संस्थाको रुपमा खडा भएको यो संस्थामा हाल चारसय को हारहरीमा तामाङ कलाकारहरु आबद्ध रहेका छन् ।
निरन्तर तामाङ कलाकार र तामाङ समुदायको लागी आवाज उठाउँदै आएको तामाङ कलाकार संघका संस्थापक अध्यक्ष वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ हुन भने संस्थापक सचिव वरिष्ठ संचारकर्मी तथा कलाकार स्वर्गीय दिपेन्द्र दोङ तामाङ रहेका थिए । यस संस्थाले स्थापना कालदेखी नै समुदायमा विभिन्न जागरणका आवाजहरु उठान गर्दै आएका छन् । पछिल्ला समय यत्ता भने नयाँ पुस्ताका कलाकारहरु तामाङ गीतसंगीत क्षेत्रमा प्रवेश भए संगै संस्थामा आवद्ध हुने क्रम ह्वात्तै बढेको देखिन्छ ।

यस अघि संस्थापक अध्यक्ष चन्द्र कुमार दोङले ३ कार्यकाल संस्थाको नेतृत्व गरेका थिए । चन्द्र कुमार दोङ पछिका दोस्रो अध्यक्ष इन्दिरा गोलेले संस्थाको १ कार्यकाल मात्र नेतृत्व गरि तेस्रो अध्यक्षको रुपमा सञ्जिव वाईबालाई नेतृत्व हस्तान्तरण गरे संगै तामाङ कलाकार संघले दोस्रो पुस्ताका कलाकारको नेतृत्व पाएका थिए । सञ्जिव वाईबाले संघको २ कार्यकाल नेतृत्व गरे संगै संघको अध्यक्षमा गायक तथा संगीतकार विश्व दोङ तामाङ रहेका थिए ।
कार्यकालको हिसाबले १ कार्यकाल उत्साहजनक रुपमा संघको नेतृत्व गरे संगै यो बर्ष फेरी नेतृत्व चयनको समेत कार्यक्रम रहेको थियो ।
संस्थाको बार्षिक साधारणसभा तथा अधिवेशन भन्ने बित्तिकै नेतृत्व चयनको बिषय भने यत्ति बेला सिंगो तामाङ समुदायकै लागि चासोको बिषय बनेको थियो ।
आज भएको नेपाल तामाङ कलाकार संघको आठौं अधिबेशनबाट अगामी कार्यकालका लागि बिशाल काल्तानको अध्यक्षतामा निम्नानुसारका पदाधिकारीरु सर्बसम्मत निर्वाचत भएका छन् ।
अध्यक्ष बिशाल काल्तान,बरिष्ट उपाध्यक्ष रोशन फ्युबा तामाङ,उपाध्यक्ष सुभाष मोक्तान,महासचीब खेम मोक्तान,सचीब निर्मला घिसिङ,कोषाध्यक्ष,योगेश लामा सदस्य बुद्ध लामा,जितु लोप्चन,रेश्मा बम्जन,आस्मान लोप्चन,जीबन बम्जन,बैरागी मोक्तान,लक्ष्मी स्याङतान्,अञ्जु थोकर,मिन योञ्जन,बसन्ती लामा,अनिता गोले ,सुमिना लो,मिलन थिङ पराङ,प्रदिप लामा र स्मारिका थिङ तामाङ रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »