सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वीपी कोइरालोको ११०औं जन्मजयन्ति नेपाली कांग्रेस बाँकेले विभिन्न कार्यक्रम


नेपालगञ्ज, नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालोको ११०औं जन्मजयन्ति नेपाली कांग्रेस बाँकेले विभिन्न कार्यक्रम गरी मनाएको छ ।

नेपाली कांग्रेस बाँकेले आज विहान नेपालगञ्ज वीपी चोकस्थित वीपीको शालिकमा माल्यार्पण गरेको थियो । पार्टी सभापति गौडेलले महामानव वीपीको शालिकमा माल्यार्पण गर्नुभएको थियो । त्यसक्रममा बोल्दै गौडेलले बीपी कोइरालाको चिन्तनले मुलुकलाई समृद्ध बनाउन सकिने भन्दै वीपी विचारबाट दिग्भ्रमित हुन नहुनेमा जोड दिनुभयो । नेपालका सबै राजनीतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचार नै अनुकरण गरिरहेको भन्दै गौडेलले वीपी नेपाली राजनीतिका महान विचारक भएको बताउनुभयो । कांग्रेस र कांग्रेसजनले वीपीले अघि सारेको गरेको आदर्श भूल्न नहुने गौडेलको भनाई छ ।

यस्तै कांग्रेस बाँकेले ुवीपीको समाजवाद र आजको सन्दर्भ विषयकु विचार गोष्ठीको पनि आयोजना गर्यो । सभापति गौडेलको सभापतित्व एवम् पूर्व मन्त्री गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न विचार गोष्ठीमा नेताहरु हेमन्त कर्माचार्य, अशोक बस्नेत र प्रल्हादबहादुर कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि हमालले वीपी कोइराला राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक र चिन्तक भएको बताउनुभयो । उहाँले वीपीको समाजवादलाई व्यवहारमा लागू गर्न सके मुलुकले काँचुली फेर्न समय नलाग्ने बताउनुभयो । आदर्शमा समाजवाद भएपनि व्यवहारमा हुन नसकेको भन्दै हमालले पार्टी बीपीको राजनीतिक चिन्तनको मार्गमा हिँड्नुपर्नेमा जोड दिनुभयो ।

दिवसकै अवसरमा तरुण दल बाँकेको आयोजना र नेपाल लोकतान्त्रिक खेलकुद संघको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »