सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जय शिव शम्भु सेवा समाजले हिन्दु धर्मको नाममाहुने बिभेद हटाउन अभियान चलाउने


काठमाडौं । नेपालमा धर्म निरपेक्षताको आडमा पछिल्लो समय हिन्दु धर्ममाथिको आक्रमण बढेको भन्दै धार्मिक संघ संस्थाहरुले आफ्नो सकृयता चहलपहल बढाउन थालेका छन् ।
२०६८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको जय शिव शम्भु सेवा समाजले पनि हिन्दु धर्ममाथि प्रहार गरेर धार्मिक युद्धको परिकल्पना गरिरहेका हरुको विरुद्ध शशक्त अभियान चलाउने भन्दै छलफल अगाडी बढाएको छ ।
बालाजु बाईसधारा परिसरमा रहेको रत्न चुणेश्वर महादेव मन्दिर संरक्षण समितिको हलमा आज संस्थाका संरक्षक समेत रहेका स्वामी राम बाबाको उपस्थितिमा संस्थाका नव नियुक्त अध्यक्ष अर्जुनथापाको संयोजकत्वमा बसेको बैठकमा हिन्दुधर्म भित्रको बिवेधकारी प्रचलनहरुको बारेमा प्रश्न उठेपछि यो बिषयमा बृहतरुपमा छलफल भएको थियो ।
हजारौं बर्षदेखि मिलेर बस्दै आएको नेपाली समाजलाई बिथोल्न र अशान्ति मच्चाएर आफ्नो राजनैतिक स्वार्थ पुरागर्न लाग्ने जो कोहिलाई पनि संस्थाले नछोड्ने त्यसका लागि जस्तो बलिदान ब्यहोर्नुपरेपनि आफु तयाररहेको स्वामि राम बाबाले बताउनु भयो ।
जय शिव शम्भु सेवा समाजले रत्न चुणेश्वर महादेव मन्दिर संरक्षण समिति तथा स्वतन्त्र नागरिक जनजागरण अभियान संगको सहकार्यमा विश्व शान्ति दिवसको उपलक्ष्यमा यहि असोज चार गते रत्न चुणेश्वर महादेव मन्दिर परिसरमा शान्ति पुजा तथा हवन कार्यक्रम गरिने भएको छ ।
आम सर्वसाधरणलाई अझ सम्म पनि बालाजु बाईसधारा परिसरमै यतिठुलो धार्मिक स्थल छ भन्ने जाननकारी नभएकोले यसको प्रचार प्रसारमा समेत जोड दिन संस्थाले आवश्यक कदम अगाडी बढाउने बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »