सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चरित्र हत्या गर्न खोजिएको तरुण दल नगर सभापति सन्दिप जङ्ग शाहको गुनासो


नेपालगन्ज , आफुले भन्दै नभनेको कुरा लेखेर चरित्र हत्या गर्न खोजेको नेपाल तरुण दल नेपालगन्ज उपमहानगर सभापति सन्दिप जङ्ग शाहले आपत्ती जनाएका छन् ।

नेपालगन्जमा सञ्चालित हाम्रो मिडिया नेपाल नामक अनलाईन टिभी र अनलाईन टिभीका आशिष मल्ले चरित्र हत्या गर्न खोजेकाले उक्त समाचार प्रति आफ्नो असहमति रहेको उनले विज्ञप्तीमार्फत प्रष्ट्याएका हुन् ।


‘हाम्रो संगठन नेपाल तरुण दल बाँकेका क्षेत्रीय सभापति योग ढकाल सम्माननीय राष्ट्रपति ज्युबाट संविधान दिवस २०८० असोज ३ गतेका दिन देशको प्रचलित कानुन बमोजिम बाँकी कैद मिनाह भई रिहा भएको विषयलाई जोडेर उक्त मिडियाका आशिष मल्लले मेरो मोबाईलमा कल गर्दै मिति २०८० असोज ५ गते थप बुझ्न भन्दै मसँग कुरा गरेका थिए, सोही विषयमा ति मिडियाका सञ्चालकले मैले नभनेका कुराहरु लेखी मेरो चरित्र हत्या गर्न खोजेकाले उक्त समाचार प्रति मेरो असहमति रहेको छ,’ शाहले विज्ञप्तीमा उल्लेख गरेका छन् ।


सञ्चार माध्यमले पत्रकार आचार संहिता विपरित कपोलकल्पित र भ्रामक आरोप लगाउनु स्वतन्त्र प्रेसको भावना विपरित रहेको उनले ठहर गरेका छन् ।(दूरसञ्‍चारअनलाइन )

भर्खरै

सम्बन्धित खबर

Language »