सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टि—ट्वान्टी ह्विलचेयर एशिया कप क्रिकेट प्रतियोगिता २०२३ मा नेपाल सहित पाँच टिम सहभागि एघार खेल हुने

काठमाडौं । टि—ट्वान्टी ह्विलचेयर एशिया कप क्रिकेट प्रतियोगिता २०२३ आयोजक तथा खेलमा सहभागि देशहरुको संयुक्त पत्रकार सम्मेलन मार्फत दोस्रो टि—ट्वान्टी ह्विलचेयर एशिया कप क्रिकेट २०२३मा आयोजक पाकिस्तान, सह आयोजक नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी पाँचवटा ह्वीलचेयर क्रिकेट टोली सहभागी हुनेछन् । फाइनल सहित कुल ११ खेल हुने जनाईएको छ ।
किर्तीपुर क्रिकेट मैदानमा हुने यो प्रतियोगिताको लागि आज काठमाडौं क्रिकेट ट्रनिङ सेन्टरको खेल मैदान सानेपामा नेपाली टिम छनौटको प्रारम्भिक प्रकृया पुरा गरिएको सह आयोजक संस्थाका प्रमुख बिवेक उपाध्यायले बताउनु भयो ।
नेपालमा हुने दोस्रो टि—ट्वान्टी ह्विलचेयर एशिया कप क्रिकेट २०२३ को अन्तिम तयारी सकिएको आयोजक पाकिस्तानको पाकिस्तान ह्विलचेयर क्रिकेट संघ र सह आयोजक नेपालको सबैका लागि राष्ट्रिय अपाङ्गता खेलकुद संगठन नेपालले जनाएको छ ।
आजको पत्रकार सम्मेलन मार्फत खेल तालिका र समय समेत सार्वजानिक गरिएको छ ।
नेपाली टिम छनौटको प्रारम्भिक प्रकृया शुरुवात चरणमा २९ जना खेलाडीले नाम दर्ता गराएको भएपनि १५ जनाको टिमलेमात्र आधिकारीक टिमको रुपमा प्रतियोगितामा खेल खेल्न पाउने कार्यक्रम आयोजक पक्षबाट नेपालका प्रमुख ब्यवस्थापकको रुपमा कार्य गरिरहेका बिकास अधिकारीले बताउनु भएको छ ।
दोस्रो टि—ट्वान्टी ह्विलचेयर एशिया कप क्रिकेट २०२३ प्रतियोगिता नेपाली पात्रो अनुसार असोज १७ गते बाट शुुरु भई २२ गते सम्म चल्ने आयोजक तथा सह आयोजक संस्थाको प्रतिनिधिले जानकारी गराएका छन् ।
आजको पत्रकार सम्मेलन मार्फत खेल तालिका र समय समेत सार्वजानिक गरिएको छ ।
यो खेलमा नेपालको तर्फबाट हिमाल अर्यालको कप्तानीमा खेलाडीहरुलाई मैदानमा उतारीने भएको छ । नेपाली सेनाबाट आएका हिमाल अर्यालको कप्तानीले नेपालको ह्विलचियर क्रिकेटटिमलाई एसियामा चिनाउन सफलहुनेमा टिम कोच ,टिम ब्यवस्थापक लगायत ढुक्क देखिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »