सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेनपावर व्यवसायी माथि चारैतिरबाट घेराबन्दि र मानमर्दन भईरहेको रन्जन पाण्डेको दावी : ब्यावसायीहरु समस्या नै समस्यामा

काठमाडौँ । शक्तिको आडमा मेनपावर व्यवसायीमाथि कतिसम्म धरपकड हुन्छ भन्ने कुरा हालैको एक घटनाले देखाएको छ । वैदेशिक रोजगारीका लागि माल्टा पठाउने प्रयोजनका लागि आवश्यक प्रक्रिया हुँदै गर्दा एक मेनपावर व्यवसायी नै पीडित बन्न पुगेका हुन । बैदेशिक रोजगार ब्यावसायको माध्यमबाट देशमा रेमिटेन्स भित्र्याउनमा प्रमुख भुमिका खेलेका मेनपावर ब्यावसायीलाई सरोकारवाला निकायले सधै दुख दिने गरेका छन । उनिहरुका कारण ब्यावसायीहरु विभिन्न समस्या जेलर ब्यावसाय गर्न बाध्य भएका छन ।
सिन्धुपाल्चोकका विष्णु विक्रम खड्कालगायत ४ जनाले वैदेशिक रोजगार विभागमा दिएको भनिएको उजुरीका आधारमा तनहुँका रञ्जन पाण्डेलाई बिना जानकारी असोज १६ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट नियन्त्रणमा लियो । पाण्डेले आफूहरुलाई माल्टा पठाउने नाममा रकम लिएको भन्दै खड्कालगायत ४ जनाले पाण्डेलाई आरोप लगाएका थिए । जवकि खड्कालगायतको भिसा एक पटक नलागेपनि दोस्रो पटक प्रोसेसिंगमा रहेको थियो । तर, उनीहरु त्यसलाई वेवास्ता गर्दै छापामार शैलीमा विभाग र प्रहरीकोमा पुगेका थिए ।
उनीहरुले शक्तिको आडमा मेनपावर व्यवसायीमाथि धरपकड गर्ने नियतका साथ उजुरी दिएर उल्टै ब्याबसायीलाई पीडित बनाएका छन । पीडित भनिएका खड्कासहित ४ जनाको माल्टाबाट वर्क पर्मिट आइसकेको थियो । त्यहीबीचमा भिसा प्रोसेसिंग गरिदिने कम्पनी भीएफक्समार्फत अप्लाइ भएपनि उताबाट भिसा रिजेक्ट भएर आयो । रञ्जनकै सल्लाहमा उनीहरुले दोस्रो पटक अप्लाइ गर्ने त भने तर पनि उनीहरु रहस्यमय ढंगले एकाएक प्रहरीलाई सेटिंग मिलाएर विभागमा उजुरी बोकेर गएको बताइएको छ । त्यतिबेलासम्म उनीहरुको करिब ७६ हजार ५०० रुपैयाँ खर्च भइसकेको थियो ।
जुन वैध र कुनै ठगीको विषय थिएन । आवश्यक वर्क पर्मिट र भिसाको लागि भीएफएक्ससँग लिने डेटको शुल्क मात्र रहेको थियो । उनीहरुले पाण्डेसँग उक्त रकमसमेत नमागी एकाएक विभागमा पुगेका थिए ।
पछि एकाएक उनीहरुले राजनीतिक पहुँच र प्रहरी समेत देखाउँदै पाण्डेलाई दुख दिने र बदनाम गर्ने नियतले षडयन्त्र गरेका थिए ।
सामाखुशीबाट पान्डेलाई वैदेशिक रोजगार विभागमा लगिएको थियो । त्यहाँ मिलापत्र त गराइयो तर पाण्डेले उल्टै ठुलो आर्थिक क्षति बेहोर्नुपरेको छ । विभागमा मिलापत्र गराउने क्रममा भिसा प्रोसेसिंग सहित उनीहरुको तर्फबाट भएको अनावश्यक र सबै खर्चहरु समेत भराइएको छ । पाण्डेका अनुसार उनले मिलापत्र गराउँदा १२ लाख ६५ हजार तिर्नुपरेको छ । जवकि खड्कालगायतले सिधै पाण्डेलाई नभएर एजेन्ट सुजित बस्नेत र मीन बहादुर श्रेष्ठलाई करिब ६ लाख बुझाएका थिए । सुजित र मीनबहादुरले लिएको पैसालाई पाण्डेले ठगी गरेको भन्दै उजुरी दिएपनि मिलापत्रमा भने अनेक बहानाबाजी गरेर १२ लाख ६५ हजार तिराइएको हो ।
एकातिर सार्वजनिक मानमर्दन र अर्कातिर बित्थामा ठूलो आर्थिक क्षति हुँदा पाण्डे तनावमा छन । सयौँ मानिसलाई वैदेशिक रोजगारीका लागि माल्टा र युरोप जान सहजीकरण गरिसकेका पाण्डेले यो प्रकरणले निकै तनाव र दुखी तुल्याएको बताए । इमान्दारीताका साथ व्यापार गरेर खानुपर्छ भन्ने मान्यता राख्ने पाण्डेले यो प्रकरणले ठूलो पाठ सिकाएको समेत बताउने गरेका छन् ।
तनुहँको दमौली घर भएका पाण्डे केही वर्ष माल्टा बसेर पछिल्लो समय काठमाडौँमा व्यवासायीको रुपमा कार्यरत छन । माल्टामा रहँदा उनले नेपाली समुदायको सुख दुखमा धेरै काम गरेका थिए भने दुख पाएकाहरुलाई रोजगार दिलाउनेदेखि आवश्यक विभिन्न सरसहयोग गर्ने गरेका थिए । माल्टामा राम्रो आम्दानी हुँदाहुँदै देशमै केही गर्छु भनेर फर्किएका उनको अहिले मेनपावरसहित विभिन्न क्षेत्रमा व्यवसाय रहेको छ ।
धेरैलाई सहयोग गरेको र मेनपावरमार्फत वैध ढंगले सयौँलाई माल्टासहितका देशमा पठाइसकेका उनलाई विभागले ठगी गरेको भनेकोमा उनलाई नजिकबाट चिन्नेहरु आश्चर्यचकित छन ।
खड्काले केही केन्द्रीय नेतासहित पहुँचवालाहरुको प्रयोग गरेर रञ्जनलाई अप्ठ्यारोमा पारेको बताइएको छ । उनीलगायतको मूड चेन्ज भएर माल्टा जान नचाहेको तर प्रोसेसिंमा पैसा खर्च भइसकेपछि ठगीको बहानामा रञ्जनलाई प्रयोग गरेर शक्तिकेन्द्रको आडमा यो कार्य गरेको बताइएको छ । अहिले आर्थिक लेनदेनदेखी सर सापटका जुनै पैसा लिनुपर्ने भएपनि बैदेशिक रोजगारको मुद्दा लगाएर पैसा उठाऊने र क्षतिपूर्ती लिने चलन नै चलेको छ ।
यस विषयमा रञ्जनसँग बुझ्दा आफूले कसैसँग कुनै रकम नलिएको र सहयोग गर्छु भन्दा आफू नै पीडित बन्न पुगेको बताए । आफूसँग कुनै सरसल्लाह नै नगरिकन एकाएक गुण्डागर्दी शैलीमा पक्राउ गराएर आफ्नो मानमर्दन गर्ने काम भएको भन्दै उनले आफू सही रहेको तथा वैध ढंगले व्यवसाय गरिरहेको स्पष्ट पारे । उनले योजनाबद्ध रुपमा आफूलाई फसाउन भएको यो कार्यबाट भ्रममा नपर्न पनि सबैसँग अनुरोध गरेका छन । पाण्डेले आफुले बाध्यतामा परेर उक्त रकम तिरेर आएको र अव कसरी अगाडी बढ्ने भनेर कानूनी परामर्शमा रहेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »