सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अनियमितताको कृडास्थल बन्दै

काठमाडौं । देश भरका मुटुका बिरामिहरुलाई उपचार गरेर जीवनदान गर्ने शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र आफैं बिरामि भएर उपचार खोजि रहेको समाचारहरु बाहिर आउन थालेका छन् ।
यस्ता समाचारहरु केहि बर्ष देखि निरन्तर आईरहेका छन् तर सम्बन्धित निकायले किन चासो दिन सकिरहेको छैन भन्ने बारेमा कोहि कसैलेपनि बोलेको भने पाईदैन ।
यो अस्पतालमा आवश्यक पर्ने मेशिनरी सामाग्री खरिद प्रकृयामा ठुलो अनियमितता भएको तथा भवन निर्माण प्रकृयामा समेत चलखेल भएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदनहरु दर्ता नभएका भने होईनन् ।
औषधि मा समेत सयौंगुणा मुल्य बढाएर बेचिएको मात्र होईन एक बालिकालाई अप्रेशनको क्रममा अर्कै गु्रपको ब्लड चढाएपछि मृत्यु भएको घटना अहिले सम्म टुङगो लागेको छैन । त्यो घटनामा प्रत्यक्ष संलग्न भनिएका डाक्टरहरु अहिलेपनि निर्वाधरुपमा सरकारी तलब भत्ता खाएर बसि रहेका छन् ।
त्यो घटनाभएको अवस्थामा ल्याब प्रमुख रहेका डा.चन्द्रमणि अधिकारी अहिले सोहि अस्पतालको कार्यकारी निर्देशक भएर हालिमुहाली गरिरहेको तथ्य सार्वजानिक भएको छ ।
अस्पतालको कार्यकारी निर्देशक अधिकारीले बिभिन्न सामाग्री खरिद देखि कार्यसन्चालनमा समेत मनोमानि गरिरहेको अस्पतालकै एक श्रोतले बताएको छ ।
आफु उपस्थित नभएको बैठकमा बिभिन्न निर्णयहरु भएको र त्यसलाई नमान्ने भन्दै शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र सनचालक समिति का अध्यक्ष रहने स्वास्थ्य मन्त्रीलाई समेत विपक्षी बनाएर सर्वोच्व अदालतमा मुद्धा दर्ता गराएका अधिकारीले सर्वोच्व अदालतको फैसला आउनु अगाडीनै नियम बिपरित आफु अनुकुल निर्णय गरेर गैह्र कानुनी कार्य गरिरहेको अस्पताल श्रोतको दावी छ ।
अधिकारीले २०७९ साउनमा पुरै सन्चालक समिति तथा डा.रवि मल्ल बिरुद्ध सर्वोच्वमा दर्ता गराएको मुद्धा अझैं टुङ्गीएको छैन ।
कार्यकारी निर्देशक भएको केहि समयमानै आफ्नो संलग्नता बिनानै बोर्डको बैठक बसेर निर्णय गरेको भन्दै अदालतको ढोका ढकढक्याउन पुगेका अधिकारी बिरुद्ध तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले ठुलै एक्सन लिएका रहेछन् ।
यहि बिषयमा मन्त्रालयले सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रीले अधिकारीलाई पद मुक्त गरि सोहि केन्द्रका डा. अरुण मास्केलाई कार्यकारी निर्देशक बनाउने भनि मन्त्री परिषदमा पठाएको फाईल कहाँ छ ,अहिले सम्म खुलेको छैन ।
अस्पताल श्रोत भन्छ “हालका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई लाई यो बिषयमा जानकारी नगराईएको पनि हुन सक्छ” ।
कार्यकारी निर्देशकमा डा. अरुण मास्के आउलान भन्ने डरले अधिकारीले बलमिच्याई गर्दै ६० वर्ष सेवा अवधि लागु गर्न खोजेका छन् । २०८० आश्विन १६ गते डा.मास्केलाई ६० वर्ष पुगेको भनेर अधिकारीले अनिवार्य अवकाशको पत्र थमाउन खोजेपछि केन्द्रमा कार्यरत प्राविधिक विज्ञ चिकित्सकहरु सशंकित बनेका छन् ।
मनोमानी ढंगले निर्णय गर्दै प्राविधिक विज्ञ चिकित्सकहरुले ६३ बर्षसम्म काम गर्न पाउने पूर्ववत निर्णयलाई अधिकारीले लत्याएको श्रोत बताउँछ ।
बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण मास्केलाई नियम विपरित अवकाश दिदै शहीद गंगालाल राष्ट्रि«य हृदय केन्द्र्र प्रशासनले कानुनी शासनको धज्जी उडाएको हो ।
२०७९ श्रावण २१ गतेदेखि लागुहुने सोही दिन बसेको भएको शहिद गंगालाल हृदय रोग केन्द्र संचालक समितिको बेठकले प्राविधिक विज्ञ चिकित्सकहरुको सेवा अवधि ६३ वर्ष हुने निर्णय गरेको थियो ।
स्वास्थ्य मन्त्रालयको कुरा समेत सुन्न छाडेर अधिकारी अराजकताको पराकाष्ठा बनेको अस्पताल स्रोत बताउँछ । उनको यो अराजक व्यवहारले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको भविष्य कता जाने हो भने र त्यहाँका डाक्टरहरु अहिले चिन्तित बनेको खबर बाहिरीएको छ ।
केहि समय अगाडी डा.अधिकारी सम्मिलित टोलिले सम्माननिय राष्ट्रपतिको उपचारमा समेत चरम लापर्वाही गरेको समचार बाहिरीएको थियो ।
उपचार गराउने क्रममा समेत डा. अधिकारीको भन्दा डा. मास्केको माग बढी हुनथाले पछि अधिकारी अत्तालिएको श्रोत बताउँछ ।

भर्खरै

सम्बन्धित खबर

Language »