सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“ङिङ्जे” प्रदर्शनको साथ वृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न

भक्तपुर ।तामाङ चलचित्र “ङिङ्जे” प्रदर्शनको साथ वृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

सुपर स्टर डम्फू मिडियाको प्रस्तुति,निर्माणता पेमा लामा योञ्जनले निर्माण गरिएको तामाङ चलचित्र “ङिङ्जे” प्रदर्शन तथा वृहत् साँस्कृतिक कार्यक्रम राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बलको प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ।

शुक्रबार २६ गते शुक्रबार शुभकामना पार्टी प्यालेस सुर्यविनायक भक्तपुरमा प्रदर्शन तथा साँस्कृतिक कार्यक्रमबाट तामाङ समुदायको कलाकार, पत्रकार हरुलाई सम्मान पनि गरिएका थिए।

तामाङ चलचित्र उद्योगलाई अवश्यक अनुसार राज्यले विशेष भुमिका निर्वाह खेल्नु पर्ने राज्यको दायित्व हो भनेर प्रमुख अतिथि बलले सरकारको ध्यानाकर्षण गरिएको थिए।

कार्यक्रममा विशेष अतिथि तामाङ चलचित्र संघ वागमती प्रदेशको अध्यक्ष अासमान वाइवा,उत्प्रेरक वक्ता बिकास देव योन्जन तामाङ तामाङ पत्रकार संघ संघीय महासचिव तिर्थमान बल अतिथि गीतकार ज्ञानदास दोङ,विशाल योञ्जन लगायतका अतिथिहरु उपस्थिति रहेका थिए।

चलचित्र ङिङ्जे महानायक अमिर दोङ, सुस्मा थिङ, सजिना लोप्चन, कुईसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रन्जिता स्याङ्तान, अनिता नेगी, मनिका मोक्तान, भुईसल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोर्साङ दोङ, विशाल थिङ रहेका छन् । त्यस्तै अतिथि कलाकारमा नायिका सुस्मा मोक्तान, रुपा यस घले, पुष्पाञ्जली लोप्चन रहेका छन् ।

कार्यक्रममा बहुचर्चित सेलो गित हेर्दैमा राम्री-२ को म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।गायक तथा संगीतकार विश्व दोङ र गायिका कमला दोङको स्वरमा रहेको उक्त गीतमा महानायक अमिर दोङ र मन्जिरा लामाको अभिनय गरेको म्युजिक भिडियो अभिनय गरेका थिए।

कार्यक्रम महानायक अमिर दोङको संयोजकत्वमा सम्पन्न कार्यक्रम पत्रकार सुदिन लामा दोङले सञ्चालन गरेका थिथो।

भर्खरै

सम्बन्धित खबर

Language »