सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेप्सेम्याक एउटा यस्तो नमुना योग्य कम्पनि जहाँ मजदुर र ब्यवस्थापन बिचमा कुनै दुरी छैन : अध्यक्ष टिकाराम दाहाल

काठमाडौं । अखिल नेपाल सरसफाई मजदुर संघ,नेप्सेम्याक मुल इकाई कमिटीको आयोजनामा आउँदै गरेको बडा दशैं,दिपावली,नेपाल संबत्,छठ लगायतका चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेप्सेम्याक ग्रुपका अध्यक्ष टिकाराम दाहाले “नेप्सेम्याक यस्तो एउटा कम्पनि हो जहाँ कहिल्यै ब्यवस्थापन र मजुदुर बिचमा मनमुटाव भएको छैन हुने छैन ” भन्नु भयो ।
फोहर मैला ब्यवस्थापनको क्षेत्रमा करिब ८० वटा निजि कम्पनि र पाँच हजार मजदुर कार्यरत भएकोमा नेप्सेम्याक ग्रुप अन्तर्गत रहेका कम्पनिहरु हरु अन्य कम्पनिहरु भन्दा ब्यवस्थित रहेको अध्यक्ष दाहालको भनाई रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।
नेप्से कवीको रुपमा परिचित लक्ष्मि प्रसाद घिमिरेले कविता मार्फत दशैंको शुभकामना दिनु भएको थियो ।
नेप्सेम्याकले आफ्ना सबै कर्मचारीहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा जोडेको बताएको छ ।
अखिल नेपाल सरसफाई मजदुर संघ,नेप्सेम्याक मुल इकाई कमिटीका अध्यक्ष सोमनाथ ढकालको सभापतित्वमा भएको कार्यक्रम सन्चालन युवा नेता सुवास ढकालले गर्नु भएको थियो ।

नेकपा(माओवादी केन्द्र)का उपमहासचिव तथा पुर्व अर्थ मन्त्री बर्षमान पुन(अनन्त)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका उप महासचिव रामचन्द्र कार्की, नेप्सेम्याक ग्रुपका अध्यक्ष टिकाराम दाहाल , फोहरमैला ब्यवस्थापन संघका अध्यक्ष धन प्रसाद आचार्य , नेप्सेम्याक प्रा. लि.का लक्ष्मि प्रसाद गेलाल ,फोहरमैला ब्यवस्थापन संघका महासचिव मित्र प्रसाद घिमिरे बाबुराम घिमिरे,लक्ष्मि प्रसाद घिमिरे,गोविन्द प्रसाद आचार्य, बाबुराम चौंलागाई, रविन्द्र प्रसाद निरौला , एकराज सुबेदी,देवनारायण श्रेष्ठ,सरस्वती आचार्य, तुलसीराम सिटौला,स्विट थापा,जगत उप्रती, भिम श्रेष्ठ,शिव गिरी ,पदम राई,ईन्द्र बहादुर राई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र)का उपमहासचिव तथा पुर्व अर्थ मन्त्री बर्षमान पुन(अनन्त)ले हामि नेपालिहरुले कामको आधारमा वर्ग छुट्याउने गरेकै कारणले पछाडी परेको भन्दै वास्तवमा काम भनेको कहिल्यै सानो ठुलो नहुने बताउनु भयो । मजदुर वर्गको लागि गठन भएको ट्रेड युनियनहरुकै कारण आज मजदुरहरुको हक हितमा कार्यभईरहेको पुनले बताउनु भयो । भौतिक श्रम र मानसिक श्रमलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा एकरुपता नहुँदा भौतिक श्रम गर्नेलाई हेर्ने दृष्टिकोण अलि तल्लो स्तरको भएकोले यसलाई तोड्न हामिआफैं जागरुक हुनु पर्ने उहाँले बताउनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »