सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ मा बाल विवाह अन्र्तक्रिया


नेपालगञ्ज, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ मा बाल विवाह अत्ययका लागि बाल संरक्षण पवद्र्धन कार्यक्रम सम्पन्न गरिएको छ ।
वडाध्यक्षको मुख्य उपस्थितीमा शनिवार बाल विवाह अन्त्य तथा बालसंरक्षण प्रवद्र्धनका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्र्तक्रिया गरिएको हो ।


बालबिवाह र लैँगिक हिंसा मुक्त गर्ने उद्देश्यले सिद्धांर्थ सामाजिक बिकास केन्द्रले आयोजना गरेको अन्तरक्रियामा सरोकारवालाहरुको भूमिका विषयमा छलफल गरिएको थियो । कार्यक्रम संचालक नारायण घिमिरे अनुसार बिश्वको ५० प्रतिशत बालबिवाह दक्षिण एसियामा र नेपाल त्यसको तेस्रो स्थानमा रहेको तथ्यांक छ ।
यसको साथै ३६ प्रतिशत किशोरीहरुको बिवाह १८ वर्ष नपुग्दै भईरहेको छ भने १० प्रतिशत किशोरहरुको बिवाह पनि २० वर्ष नपुग्दै भईरहेको पनि उनले जनकारी बताए ।
२०३० सम्म नेपाललाई बालबिवाह मुक्त बनाउन नेपाल सरकारले अन्तराष्ट्रिय स्तरमा प्रतिबद्धता गरेको छ । नेपालमा लैंगिक हिंसा र बालबिवाह एक बिशेष समस्या र रोकथाम गर्न थप चुनौती छ । यस कारण पनि देशको आर्थिक स्तर उक्सन बिकासले गति लिनसकेको छैन । यो एक प्रमुख बाधाको हो । यता वड़ाध्यक्ष साहुले बालबिवाह र लैंगिक हिंसा रोकथामका लागि वडा सक्रिय रहेको जनाएका छन । देशको २०३० अभियान सफल पार्न आफु वडास्तरबाट सघाउने प्रतिवद्धता जाहेर गरे ।
बिनीता रेगमी, उषा लिम्बु, जनप्रतिनिधि, स्थानीय लगायतको उपस्तिथि रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »