सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कटारी नगरपालिका १० सोरुङ छबिसे मा दशैं विशेष कार्यक्रम हुने

काठमाडौं । कटारी नगरपालिका १० सोरुङ छबिसे मा दशैं विशेष कार्यक्रम राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको साथ मा स्थानिय लुकेर रहेका प्रतिभा हरु लाई हौशला र उर्जागत गर्न को निम्ति कार्यक्रम हुने भएको छ ।
दसैको बिचमा कार्यक्रम हुने आयोजक टिम ले बताएका छन वल्र्ड रेकर्ड होलडर साथै मल्टिट्यालेन्ट ट्याग बाट परिचित मनिश श्रेष्ठ को गाउँ पनि त्यही रहेको छ ।
कार्यक्रममा चर्चित रियाल्टी शो भ्वास ओफ नेपाल का दिपक तामङ्ग हर्के हल्दार मेरि बासैका राजेन्द्र गिरि गुन्द्रुके ,मोडल शिशिर बुढाथोकी गायिका पबित्रा श्रेष्ठ ,मोडल अर्जुन तिरुवा गायक रिदम किराँती साथै मनिश श्रेष्ठको बेजोड प्रस्तुती रहने जानकारी आयोजक टिमले जानकारी गराएका छन् ।
निकै सुन्दर पर्यटन स्थल सोरुङ्ग छबिसे एउटा खोचमा भएनी त्यहाको ककनी महादेब स्थान जस्ता जस्ता सुन्दर र आकर्षक मन्दिर र पर्यटन स्थल रहेको सोरुङ्ग छबिसेको प्रागणमा यो बर्ष पहिलो पटक सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
लुकेर रहेको प्रतिभालाई राष्ट्रसम्म ल्याउनको लागि डान्स सिङिङ्ग कम्पिटिसन पनि हुने जनकारी गराउनु भएको छ । पहिलो, दोस्रो र तेस्रोलाई विशेष पुरुस्कार सहित राष्ट्रियस्तरको कलाकारहरुको साथमा म्युजिक भिडियो समेत खेलाउने आयोजकले जानकारी गराएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »