सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं, बालाजु, खुसीबुँले गर्यो दशैं शुभकामना आदान प्रदान

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्र अन्तर्गत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिको आयोजनामा २०८० सालको बिजया दशमी,शुभ दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको शुभकामना आदान प्रदान र चियापान कार्यक्रम सम्पन्न भएको छ ।
ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्र अन्तर्गत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिको आफ्नै भवनमा भएकोयो कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष केदार अधिकारी, केन्द्रिय सदस्य बालमुकुन्द नकर्मी,पश्चिमक्षेत्रका अध्यक्ष शैलेस ठकुरी,सचिव राजेन्द्र कार्की, ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्र अन्तर्गत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिका पदाधिकारी तथा सदस्यहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सबैले एक अर्कामा आउँदै गरेको चाडवाडको शुभकामना आदानप्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष केदार अधिकारीले आयोजक टिमलाई धन्यवाद दिदैं आउने चाडवाडहरुलाई सहज र सरल बनाउन सुझाव दिनुभएको थियो ।
प्रमुख अतिथिको मन्तब्य राख्दै महासंघ अध्यक्ष ठुलोबाबु श्रेष्ठले संगठनलाई मजबुद बनाउन र आम ब्यवसायीको हक अधिकार स्थापित गराउन बिभिन्न मन्त्रालय तथा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउँदै त्यसलाई निरन्तर संघर्षकै रुपमा अगाडी बढाउन सके एक दिन ग्रील तथा स्टील ब्यवसायी महासंघ पनि सरकारको अभिन्न अंग भएर कार्य गर्न सक्ने बताउनु भयो ।
ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्र अन्तर्गत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिका अध्यक्ष राजकुमार खड्काको सभापतित्वमा भएको कार्यक्रम एरिया समितिका सचिव भरत कुमार गधराजले सन्चालन गर्नुभएको थियो ।
कार्यक्रमको अन्तयमा उपस्थित सबैलाई शुभकामना दिदै ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्र अन्तर्गत रहेको बालाजु,खुसीबुँ,चःमती,ढल्को एरिया समितिका कोषध्यक्ष रामहरी सिन्चुरीले कार्यक्रम समापन गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »