सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बागमती सरकारले भूकम्पका पीडितहरूका लागि डेढ करोड उपलब्ध गराउने

बागमती प्रदेश सरकारले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पका पीडितहरूका लागि १ करोड ५० लाख सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

‘हिजो राति कर्णाली प्रदेशअन्तर्गत जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितहरूको उद्धार, राहत र पुन: निर्माणका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली प्रदेश सरकारमार्फत दिने भएको छ,’ मुख्यमन्त्री जम्कट्टेलको सचिवालयले जानकारी दियो ।

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण अहिलेसम्म १३३ जनाको मृत्यु भइसकेको नेपाल प्रहरीले जनाएको छ । १५० भन्दा बढी घाइते छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »