सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको लेपन र पेष्ट गरिएको कपडाहरु सहित दुई भारतीय नागरिकहरु पक्राउ

काठमाडौं । हरेक अबैधानिक र ग्रैह्रकानुनी कार्य रोक्न प्रहरीले जति कडा अप्रेसनहरु चलाउँछ त्यो भन्दा बढी तस्करहरुले नयाँ नयाँ प्रबिधिहरु अपनाएर तस्करी गरिरहेको पाईएको छ ।
सुराकीले दिएको विशेष सुराकीको आधारमा मिति २०८१ बैशाख ३० गते FLY DUBAI को उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएका भारतीय नागरिकहरु पक्राउ परेपछि तस्करहरुको नयाँ प्रबिधि फेला परेको हो ।
भारतीय नागरिक ३४ वर्षको मोहन कुमार गणेशन र ३३ वर्षको सुरेश कुमार लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटर welcome गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निज मोहन कुमार गणेशनले लगाई आएको कालो रङको टि—सर्ट, निलो रङको जिन्स पाईन्ट र निलो रंगको भित्री वस्त्र (Underwear) को कुल अन्दाजी तौल २५०० ग्राम र निज सुरेश कुमारले लगाई आएको सेतो रङको टि(सर्ट, कालो रङको जिन्स पाईन्ट र निलो रंगको भित्री वस्त्र (Underwear) को कुल अन्दाजी तौल २६०० ग्राम अस्वभाविक देखिएको र X-ray Machine मा Screening गर्दा अन्य कपडाको भन्दा फरक किसिमको आकृती देखिएकोले उक्त कपडाहरुलाई च्याति हेर्दा सुन जस्तो देखिने पंहेलो रंगको लेपनर पेष्ट गरिएको पाईएको थियो ।
अहिले उनिहरुलाई पक्राउगरि आवश्यक कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाईएको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »