सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जबाट प्रहरीले नौ जुवाडे पक्राउ


नेपालगन्ज, तिहार नजिकिँदै गर्दा बाँकेमा जुवाडेहरु धमाधम पक्राउ पर्न थालेका छन् । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले नेपालगन्जबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ ।


नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर बस्ने निर्मल थापाको घरमा जुवातास खेल्दै गरेको अवस्थामा सोही ठाउँका ३० वर्षीय आकाशसिंह ठकुरीसहित नौ जनालाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनीहरुको साथबाट ६४ हजार नौ सय रुपियाँ नगर र एक बुक ताससहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
चाडवाड नजिकिएसँगै बाँकेका विभिन्न स्थानमा जुवातास खेल्नेहरु पनि सक्रिय रहेको पाइएको छ । प्रहरीले विभिन्न स्थानबाट जुवा खेल्दै गरेको अवस्थामा जुवाडेहरुलाई पक्राउ पनि गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »