सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शिमला यात्राको अद्भभूत अनुभव


शुक्रऋषि चौलागाई
नेपालगञ्ज, कतिपय यात्रा चाहेर मात्र नहुने रहेछ । समय जुर्नुपर्ने रहेछ । भारतको हिमाञ्चल प्रदेश जाने सोंच र इच्छा भए पनि जान पाइएको थिएन । यसपालि भने मौका जुर्‍यो । पहिल्यैदेखि श्रीमती (रजनी) जीले भन्दै आएकी पनि थिइन् । तर कहिल्यै अनुकूल भएन । यसपालि हाम्रो दसै‌ पनि थिएन । रजनी जन्मेकोे, बालापन रमाएको स्थान राजगढ जाने योजना बन्यो । जहाँ माइजु (सासु), साला(राजु)सहितको परिवार छ । त्यसका लागि पहिले चण्डीगढ जानुपर्ने हुन्छ । चण्डीगढमा पनि रजनीको बचपनको साथी(साली) को घर छ । पहिले त्यहीं(चण्डीगढ) घुमेर अनि मात्रै राजगढ जाने तय भयो ।


सोही अनुसार हामी चार जना९छोरा, छोरी पनि० कात्तिक ३ गते, ३ बजेतिर रुपैडीयाका लागि प्रस्थान गर्‍यौं । गाडी, टिकटको व्यवस्था भइसकेकै थियो । चण्डीगढ जाने हाइस् चढ्यौं तर हामी बाहेकका यात्रुहरू भने कोही थिएनन् । सायद दसै‌को मुखमा भएर होला आउने थिए, जाने थिएनन् ।
सहज सम्पर्क र कुराकानीका लागि भारतीय सीम पे्रम केसी दाइले व्यवस्था गरिदिनु भएको थियो । रुपैडीयाबाट गाडी ५ वजेतिर छुट्यो । बाटो फराकिलो हुँदै गएपछि गाडीको रफ्तार पनि बढिरह्यो । यसपालीको यात्रा मेरा लागि पनि पृथक थियो । चारै जना सँगै भएर यती लामो दूरीको यात्रा गरेकै थिएनौँ । रजनी ३३ वर्षपछि आफनो जन्मस्थान जाँदै थिइन् । उनी खुसी र उत्सुक थिइन् भने कृति र काव्य रोमाञ्चित थिए । नानपारा चोक हुँदै मुरादाबाद–बरेली रोडतर्फ लाग्यौं ।

मिहीपुरवामा एकछिन गाडी रोकियो । किनारको खाजा पसलमा पस्यौं । कृति, काव्य र मैले अण्डा, बिरयानी खायौं । झट्ट हेर्दा नपत्याउँदो झुपडी भए पनि खाजा भने स्वादिष्ट थियो । मैले नेपाली टोपी लगाएको थिएँ । खाजा खाने क्रममा एकजनाले टोपी हेर्दै भने– बहुत जचा है, टोपी है तो, हमको भी देदो । मसँग अर्को टोपी थिएन, लगाएको दिने कुुरा पनि भएन । फिर्ता हुने क्रममा दिउँला भनेर टारँे । गाडी अगाडि बढयो । राति १० वजे तिर पुरनपुर्वा भन्ने स्थानमा खाना खान रोक्यो । नेपालीकै ढावा रहेछ । जहाँ खाना खाने पनि सबै नेपाली नै थिए । रोटी, दाल, पनिर तरकारी खायौं ।
गाडीमा चालक भाइले नेपाली गीत नै लगायो । आँखा निदाए पनि गीतको आनन्द भने लिइरहेकै थियौं । जति रात छिप्पिदै थियो, चिसो पनि बढदै थियो । चार सीटमा चार जना अलग अलग भएर सुत्यौं । बिहान ८ वजेतिर चण्डीगढ क्षेत्रमा पुगिसकेका थियौं । हामी चण्डीगढ भनेर अघि बढीरहयौं तर हामी झर्नु पर्ने अलि वरै ९डेराबासी० रहेछ । हामी जीरकपुर पुगिसकेका थियौं ।
भाइ विरेन्द्र चलाउने९बब्लु०लाई कल गर्‍यौं । हामी त्यहीं झर्‍यौं । बब्लु भाइ आफ्नै ट्याक्सीमा लिन आए । डेराबासी रिभर साइड स्टेट९जीबीपी० मा बब्लुको घरमा पुगियो । उनको घरमा पनि चार जना छन् । श्रीमती बेबी, छोरी जीया र छोरा अंशु । रातभरको यात्रा र अनिदोले थकित थियौँ । नुहाएर खाना खायौं । त्यो दिनभर आराम गरियो ।
कात्तिक ४ गते बिहान दुबै परिवार चण्डीगढ घुमफिरको यात्रामा निस्कियौं । चण्डीगढ, भारतको एउटा केन्द्र शासित प्रदेश हो । भारतको पञ्जाब र हरियाणा राज्यको राजधानी पनि हो । चण्डीगढको खास अर्थ चण्डीको किला हो । यो हिन्दू देवी दुर्गाको एउटा रूप चण्डीका वा चण्डीको एउटा प्रसिद्ध मन्दिरको कारण राखिएको हो । चण्डीगढलाई सिटी अफ ब्युटिफुल पनि भन्ने गरिन्छ । १९६६ नोभेम्बर १ मा स्थापित चण्डीगढ एक सय १४ किमिमा फैलिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा शहरी योजनाबद्धता र वास्तु–स्थापत्यको लागि प्रसिद्ध चण्डीगढ भारतको योजनावद्ध प्रथम शहर पनि हो । चण्डीगढ राजधानी क्षेत्रमा मोहाली, पन्चकुला र जीरकपुर पर्दछन्, जसको सन् २००१ को जनगणना अनुसार जनसंख्या एक करोड १६ लाख रहेको छ । चण्डीगढ शहरको मुख्य वास्तुकार फ्रान्सेली वास्तुकार ली कार्बूजियर हुन् । चण्डीगढ समृद्ध राज्यहरू र संघ शसित प्रदेसहरूको सूचीमा अग्रणीमा नाम आउँछ ।
चण्डीगढमा हेर्नलायक थुपै्र स्थान भए पनि हामीले ती सबै हेर्न सक्ने अवस्था थिएन । सबैभन्दा पहिले हामी रक गार्डेन पुग्यौं । ४० एकड क्षेत्रफलमा फैलिएको गार्डेन नेकचंदद्धारा सन् १९५७ मा निर्माण गरिएको हो ।

मुल गेट अघि टिकटको चाँजोपाँजो गरिरहेकैबेला बेला त्यहाँ उँट पनि देखियो । सहजै नदेखिने जनावर देखेपछि बच्चाहरू खुसीसँगै अचम्मित पनि भए । बच्चाहरूले उँट चढेर आनन्द लिए ।

भर्खरै

सम्बन्धित खबर

Language »