सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनमत अर्ध(साप्ताहिक पत्रिका बाँकेद्वारा ५२ जनाले रक्तदान गरे


नेपालगन्ज , जनमत अर्ध(साप्ताहिक पत्रिका र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेको आयोजनामा आइतबार ५२ जनाले रक्तदान गरेका छन् ।
जनमत त्रैमासिक रक्तदानको ५८औं श्रृङ्खलामा डाक्टर, पत्रकार, व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, खेलाडी नियमित स्वयम्सेवी रक्तदाता ११ महिलासहित ५२ जनाले रक्तदान गरेका हुन् । जसमा चार जना डाक्टर रहेका छन् ।


नेपालगन्ज मेडिकल कलेजका डा देवेन्द्रकुमार यादव, डा।महिमा शाह, डा। भीष्मा भट्ट, डा रिजवान शेष, राप्तीसोनारी गाउँपालिका वार्ड नं ६ का वडाध्यक्ष लवराज खरेल, नेपाल स्वसम्सेवी रक्तदाता समाज राप्ती सोनारीकी उपाध्यक्ष अमृता केसी, अन्नपूर्ण पोस्ट् दैनिकका उप सम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनालले रक्तदान गरेका थिए ।
त्यसैगरी लक्ष्मण कुमार बैश्य, निरजमान श्रेष्ठ, मनिष कुमार जायसवाल, असफाक संघर्ष जसगढ, रामकुमार बढही, भगवती चलाउने, सञ्जय बढही, अनिश अधिकारी, सौरभ उपाध्याय, धर्मेन्द्रकुमार वर्मा, गोविन्द ठाकुर, प्रदीप वर्मा ९राकेश०, लक्ष्मणप्रसाद चमार, सावित्री गुरुङ्ग, धर्मेन्द्र सिंह, मनिषा परियार, अञ्जली बोहराले रक्तदान गरे ।
सुभाष कटुवाल, जनकबहादुर थापा, ज्योति क्षेत्री, दिनेशकुमार वर्मा, मोहितराम कुर्मी ९वर्मा०, प्रशान्त तिवारी नेरेसो प्राविधिक, महेश राना क्षेत्री, निशा गुरुङ्ग, सुष्मा घिमिरे, अमित अग्रवाल, कुलदीप कुर्मी९वर्मा०, मोनू राई, दिनेशप्रसाद तमोली, अनिल सुनार, हरिओम जैसी, चेतबहादुर रोका, पाँचु रैदास, पवनकुमार वैश्य, गौतमप्रसाद पौडेल, दीपक यादव, इन्द्रा क्षेत्री, दलित महिला संघ ९फेडो० की लेखापाल प्रतिभा गुर्ताल, मोहित बाबु शर्मा, दिपक थारु, तोरण बहादुर डाँगी, खुशीराम चौहान, शिव कुमार थारु, लगायत ५२ जनाले रक्तदान गरेका हुन् ।
सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोमप्रसाद सापकोटा, होमराज गिरी, प्रशान्त तिवारी, केशर सिंह डाँगीले वीरेन्द्र योगीले प्राविधिकमा र अन्यमा निखिल जायसवालले रक्तदान कार्यक्रममा सहयोग गरेका थिए ।
वि।सं। २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५८औं श्रृङ्खलासम्म करीब तीन हजार पिन्ट भन्दा बढी स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।
राप्तीसोनारी गाउँपालिका ६ का वडाध्यक्ष लवराज खरेल, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा।लि का अध्यक्ष महादेव सिंह ठकुरी र जनमत अद्र्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुकेले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका सोमप्रकाश सापकोटा र होमराज गिरी रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।
सोही अवसरमा “त्रैमासिक जनमत रक्तदान कार्यक्रम”मा विगत केही समयदेखि सहकार्य गर्दै अतुलनीय योगदान गरी महान अभियानमा सद्भाव प्रदर्शन गर्ने नेपालगन्ज–१८, बाँके स्थित टिभिएस मोटरसाइकल कम्पनीका अधिकृत बिक्रेता ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा।लि।लाई मानव कल्याणकारी कार्यको उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »