सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव द्वारा श्रद्धाञ्जली अर्पण


नेपालगन्ज, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बाँकेको नरैनापुर पुगेर मुस्लिम सुफी मुस्ताक अहमद शाहको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै उहाँको परिवारलाई समवेदना प्रकट गर्नुभएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको नरैनापुर गाउँपालिका–२ गङ्गापुरस्थित घरमा सोमबार पुगेर जसपा अध्यक्ष यादवले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।


गाउँपालिकाका अध्यक्ष शाहका ठुला दाजु मुस्लिम सुफी तथा धार्मिक अगुवा मुस्ताक अहमद शाहको केही दिन पहिले मात्रै निधन भएको थियो ।
अध्यक्ष यादवले स्वर्गीय मुस्ताक अहमद शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै जन्म र मृत्यु एक प्राकृतिक नियम भएको बताउनुहुँदै शोकलाई शक्तिमा बदल्न अनुरोध गर्नुभयो ।
उहाँले मृत्यु संस्कारलाई सबैले स्विकार्नुको विकल्प नरहेको जनाउनुहुँदै तर मृतकले समाज र देशलाई के दिएर गए त्यो सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभयो ।
स्वर्गीय शाहले धार्मिक सद्भाव र एकताका लागि गरेको कार्य सधैँ स्मरणीय रहने जनाउँदै अध्यक्ष यादवले उहाँको सपनालाई पूरा गर्न सबैले एकजुट भएर सद्भाव र सामाजिक एकता कायम राख्नुपर्नेमा जोड दिनुभयो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहको निवासमा समवेदना प्रकट गर्न जसपाका अध्यक्ष यादवसँगै लुम्बिनी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री भण्डारीलाल यादव लगायत नेता कार्यकर्ता पुग्नुभएको नरैनापुर गाउँपालिकाका प्रेस विज्ञ आलम खानले जानकारी दिनुभयो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका ठुलो दाजु मुस्ताक अहमद शाहको गत शुक्रबार राति उपचारको क्रममा भारतको दिल्लीमा निधन भएको थियो ।
शाहको मृत्यु भएको एघारौँ दिनका दिन शाहको निवासमा अध्यक्षसहित मन्त्रीहरू समवेदना प्रकट गर्न पुग्नुभएको थियो । ७८ वर्षीय स्वर्गीय मुस्ताक अहमद शाहका श्रीमती, दुई छोरा र दुई छोरी छन् । (सिराज खान)

भर्खरै

सम्बन्धित खबर

Language »