सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा समस्तलाई चुले निम्तो

काठमाडौं। सुनसरी सुन्दरहरैचा ५ बासबारी निवासी दिल बहादुर अधिकारी वहाँका छोरा राजकुमार अधिकारी को घरमा मंसिर १६ देखि श्रीमद्गभागवत् सप्ताह ज्ञान महायज्ञ भइरहेको छ ।

गुरू माहाराज श्री कपिलदेव भट्ट को मुखारविद्दु बाट कथा प्रवचन भइरहेको छ भने उहाका साथमा श्री डेगनाथ ढकाल उपवाचकका रुपमा हुनुहुन्छ । थप मिठासका लागि भजन मण्डली तथा बाजाको जम्बो टोली रहेको छ।

अधिकारी परिवारकि ममतामयि आमा स्व.तेजकुमारी अधिकारीको बार्षिक तिथिको अवसरमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ गरिएको मंसिर २४ गते समापन गरिने छोरी शारादा अधिकारीले जानकारी दिनुभयो |

कपिलदेव भट्ट भन्नुहुन्छ ”भगवाद गीतालाई सनातन वैदिक (हिन्दु) धर्मको सार मानिन्छ । यसका विचारहरु संसारका सबै मान्छे र सबै कालखण्डमा लागु हुनसक्छन् । यसमा योग, कर्म, वेदान्त र भक्ति जस्ता विषयमा व्यवहारिक तथा महान निर्देशनहरु पाइन्छन् । यसमा भगवानले  ‘सहि कर्म’ के हो र ‘भगवानले आफ्ना भक्तलाई कसरी उद्धार गर्छन्’ भन्ने महत्वपूर्ण  कुरा उल्लेख गरिएको छ |”

श्रीमद्गभागवत् सप्ताह महायज्ञमा गुरु माहाराज कपिलदेव भट्ट लगायत समस्त परिवारले यस माहायज्ञको लाभ उठाउन समस्तलाई चुले निम्तो गर्नुभएको छ भन्ने समस्त अधिकारी परिवारले बताउनु भयो |

भर्खरै

सम्बन्धित खबर

Language »