सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिपाली माला ठगी काण्डमा फरार समिप त्रीपाठी आफैं पुगे अदालत : ७५ लाख धरौटी बुझाएर रिहा

काठमाडौं । यहि २०८० साउन ११ गते काभ्रेको सिपाली बाट बुद्धचित्त मालालिएर संगै आएका मान बहादुर तामाङको प्रतिनिधि सत्यम लिम्बु लाई भक्तपुर लोकन्थली चोकमा आएपछि बिभिन्न बहानामा गाडीबाट झर्न लगाएर अन्य ब्यक्तिहरु माला लिएर फरार भएको घटनामा संलग्न भएको भनिएका नेकपा(एकिकृत समाजवादी) सम्बद्ध युवा संघ नेपालका केन्द्रिय नेता समिप त्रिपाठी आफैं जिल्ला अदालत भक्तपुरमा पुगेर आत्मसमर्पण गरेको र ७५ लाख धरौटी बुझाएर रिहा भएको एक श्रोतले बताएको छ ।
रोशी गाउँपालिका सिपाली माला ठगी काण्डमा आरोपित शेर बहादुर तामाङलाई ७५ लाख धरौटीमा मुद्धा पुर्पक्ष राख्न केहीसमय अगाडी भक्तपुर जिल्ला अदालतले आदेश दिएको दिएको थियो । यहि मुद्धामा फरार भनिएका समिप त्रिपाठीलाई पक्राउ पुर्जि जारि गर्नको लागि पनि अदालतले आदेश दिएको थियो ।
२०८० असोज २५ गते प्रमाणको आधारमा मुद्धा फैसला गर्ने गरि आरोपित शेर बहादुर तामाङलाई ७५ लाख नगद, बैक ग्यारेन्टि वा जायजेथा राखेर मुद्धा पुर्पक्ष राख्न भक्तपुर जिल्ला अदालतका न्यायधिश उमानाथ गौतमको ईजलासले आदेश दिएको थियो ।
मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४को दफा ३२ बमोजिम नेपाल प्रहरीले प्रतिवादी शेर बहादुर तामाङ र समिप त्रिपाठी बिरुद्ध जिल्ला अदालत भक्तपुरमा ठगी मुद्धा दायर गरेको बुझिएको छ मुद्धामा जाहेरवाला ले आई सि एफ सि फाईनान्स बाटपठाएको रु. ३० लाख ,अघिल्लो बर्षको हिसाब मिलाउन बाँकी रु.३३ लाख, माला खरीद गर्ने सम्झौता गरेर लगानि गरेका चाथि नारायण महर्जन बाट लिएको रु १ करोड ५० लाख गरि जम्मा रु २ करोड १३ लाख बिगो बराबरको रकम मुलुकी अपराध संहिता २०७४ को दफा २५४ बमोजिम प्रतिवादीहरुबाट जाहेरवालालाई भराई दिन प्रहरीले जिल्ला अदालत भक्तपुरलाई अभियोग पत्र मार्फत अनुरोध समेत गरेको थियो ।
माला लिएर संगै आएका सत्यम् लिम्बुले आफुलाई अर्को गाडीमा बस्नु भनेर गाडीबाट झरे पछि दुवै गाडीले आफुलाई छोडेर भागेको बताएका थिए ।
त्यहाँ को को थियो र के के भएको हो भन्नेबारेमा आफुले प्रहरीलाई जानकारी गराईसकेको लिम्बुले बताएका थिए ।
यो योजनाको मुख्य योजनाकार समिप त्रिपाठी नै भएको र राजनैतिक पावरको आडमा लुकिछिपी बसेर आफु अनुकुल सबै मिलाएर अदालतमा उपस्थित भएको श्रोतले बताएको छ ।
आरोपित त्रिपाठीलाई पनि जिल्ला अदालत भक्तपुरबाट ७५ लाख धरौटीमा मुद्धा पुर्पक्षगर्न आदेश भई सो रकम दाखिला गरि तारेखमा रिहा भईसकेको श्रोतले बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »