सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)को नियमित प्रकाशनको रुपमा प्रकाशित हुँदैआएको नेप्सेम्याक सन्देशको पाँचौं अंक सार्वजानिकीकरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा पुस्तक सार्वजानिकीकरण संगै काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा कार्यरत नेप्सेम्याकका कर्मचारीहरुलाई प्रशिक्षण समेत दिईएको थियो ।
प्रतेक बर्ष बनभोजको रुपमा मनाउँदै यो कार्यक्रमलाई यो बर्ष भने अलि फरक ढंगबाट संचालन गरिएको थियो ।
नेम्सेम्याक ग्रुपका अध्यक्ष टिकाराम दाहालको शभापतित्वमा भएको कार्यक्रम नेप्सेम्याकका प्रमुख संचालक तथा समारोह संयोजक लक्ष्मी प्रसाद गेलाल गर्नु भएको थियो ।
धेरै समय सडकमा रहेर कार्य गर्नुपर्ने भएकोले कर्मचारी तथा ब्यवस्थापक समुहलाई समेत ट्राफिक नियमहरुको जानकारी हुन आवश्यक भएको भन्दै कार्यक्रमको शरुमै ट्राफिक प्रहरी निरिक्षक शिखरजन मल्ल बाट प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा नेप्सेम्याक ग्रुपका सन्चालक तथा समारोह सदस्य मित्रप्रसाद घिमिरेले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा धारणा राख्दै अध्यक्ष टिकाराम दाहालले २५ बर्ष अगाडी एउटा गैह्र सरकारी संस्था बाट शुरुगरेको कामलाई यो अवस्था सम्म पुर्याउन धेरैको मेहनत रहेको बताउनु भयो ।
कर्मचारी तथा ब्यवस्थापक हरुको कडा मेहनतले आज कम्पनी यो स्तरमा पुगेको अध्यक्षले बताउनु भएको थियो ।
कम्पनीले आफ्नै बलबुत्तामा लड्दै घिस्रदै अगाडी बढी रहेको भए पनि सरकारको तर्फबाट हुन सक्ने सहयोग नभएकोमा अध्यक्ष दाहालले गुनासो गर्नु भएको थियो ।
काठमाडौं उपत्यकामा मात्र ८० भन्दा बढी फोहर ब्यवस्थापन कम्पनिले सेवा दिईरहेको तथा यि कम्पनिहरुकमा २ अर्ब भन्दा बढी पुँजीगत लगानी समेत भईसकेको तथा ४००० हाराहारी कर्मचारी कार्यरत रहेकोले यो बिषयमा राज्यले गम्भिर भएर सोच्न अध्यक्ष दाहालले सरकारको ध्यानाकर्षण समेत गराउनु भएके थियो ।
राज्यलाई नियमित तिर्नुपर्ने राजश्व देखि सामाजिक सुरक्षाकोषमा समेत सहभागि भएको यस्तो कम्पनीको बिकल्पमा अरु कम्पनी हुनै नसक्ने दाहालको तर्क थियो ।
ग्लोबल टेन्डर मार्फत आएको नेप वेस्ट कम्पनीको बिषयलाई तुरुन्तै समाधान गरेर लामो समय यहि क्षेत्रमा आम नागरिक संग जोडीएर काम गरिरहेको कम्पनीलाई स्थापित गराउन सके तथा राज्यले उचित संरक्षण गरे एक बर्षमै काठमाडौं उपत्यकाको फोहरको समस्या समाधानहुने दाहालले बताउनु भयो ।
जिरो वेस्ट म्यानेजमेन्टमा जानको लागि आवश्यक पर्ने भौतिक पुर्वाधार तयार गर्न राज्यले नीतिगत आधार तयारगरि लगानि शुरक्षाको ग्यारेन्टी लिनु पर्ने उहाँले बताउनु भयो ।
अहिलेपनि नेप्सेम्याकले कार्य गरिरहेको स्थानबाट ७० प्रतिशत मात्र फोहर ल्याण्डफिल्ड साईड पुग्ने भन्दै उहाँले सरकारले वातावरण बनाएमा ९० प्रतिशत फोहर यतै ब्यवस्थापन गर्न सकिने अध्यक्ष दाहालको दावी छ ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम थापाले कार्य कुशलताको मुल्याङ्कन गर्ने हो भने नेप्सेम्याक जति ब्यवस्थित अरु कुनै कम्पनि नभएको आफुले अनुभव गरेको बताउनु भयो ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा आज सम्म नेप्सेम्याकको कुनै कम्प्लेन नआएको तर अन्य कम्पनिको भने बारम्बार कम्प्लेन आईरहने बताउनु भयो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेप्सेम्याकको खुलेरै प्रसंसा गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »