सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आहा–रारा पोखरा गोल्डकप माघको दोस्रो साता हुने

मोफसलको चर्चित आहा–रारा पोखरा गोल्ड कपको २३ औँ संस्करण माघको दोस्रो साताबाट आयोजना हुने भएको छ।

गोल्ड कपको आयोजना गर्दै आइरहेको सहारा क्लबका पोखराका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौँ’ भन्ने नाराका साथ २०८० सालको संस्करणको आयोजनागर्न लागिएको हो।

हिमश्री फूड्स प्रा।लि।को मुख्य प्रायोजन तथा पोखरा महानगरपालिकाको प्रवर्धनमा सञ्चालन हुने गोल्ड कपमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, सहारा यु।के, सहारा हङकङ, सहारा अस्ट्रेलियाले विशेष सहयोग गर्दै आएका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित २३ औँ संस्करणमा पनि नेपालका ‘ए’ डिभिजनका क्लब, विभागीय टिमहरू, सुपर लीगका टिम, विदेशी टिम, मोफसलका टिम सहित आयोजक सहारा क्लबकै टिमले पनि प्रतिस्पर्धा गर्दै छन्।

आयोजकका अनुसार प्रतियोगितामा सबै स्तरका क्लबले भाग लिन पाउने भए पनि छनोटका लागि छुट्टै टिम गठन गरिने छ। प्रतियोगिताको तयारीमा लागिसकेको क्लबका अध्यक्ष केशवराज बरालले बताए। सहभागी हुने टिमको छनोटका लागि ‘टिम सम्पर्क कमिटी’ गठन गरेर प्रतियोगितामा भाग लिन पाउने टिमको यकिन गर्ने उनको भनाइ छ।

आहा–रारा पोखरा गोल्ड कपको २२ औँ संस्करणको उपाधि सङ्कटा क्लबले जितेको थियो। आमन्त्रित भुटनिज स्पोर्टस् क्लब, मिन्नेसोटा अमेरिकाले उपबिजेतामा चित्त बुझाएको थियो। पोखरा रङ्गशालामा भएको प्रतियोगितामा १० टिमले भाग लिएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »