सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकीकृत समाजवादीको सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश

काठमाडौं। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेश भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकमा विधान संशोधन कार्यसमितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको हो ।

पार्टीको यसअघि बसेको सचिवालय बैठकले पार्टीका संगठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुषालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो ।

सोही समितिले विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए । उनले समितिको तर्फबाट आजको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भएको र प्रस्ताव उपर आज छलफल भएको बताए ।  उनले प्रस्तावमाथिको छलफल मंगलबारको सचिवालय बैठकमा पनि जारी रहने बताए ।

उनले भने, ‘बैठकमा पार्टीका संगठन विभाग प्रमुख र उपाध्यक्ष कमरेड वेदुराम भुषालको संयोजकत्वमा महासचिव कमरेड घनश्याम भुसाल र उपमहासचिव कमरेड प्रकाश ज्वाला तीन सदस्यीय एउटा विधान संशोधन कार्यसमिति बनेको थियो । त्यही समितिको तर्फबाट आजको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस भयो । प्रस्ताव उपर आज छलफल भयो र आफ्नो विचार राख्ने काम भएको छ । बैठक भोलि पनि जारी रहन्छ ।’

उनले सचिवालय बैठक मंगलबार पनि जारी रहने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »