अप्रत्याशित घटना भयो, हामी पनि दुःखित छौंः निलसागर
नेपालगञ्ज , नेपालगञ्जस्थित निलसागर बृद्धाश्रममा गणेशपुरका ४० बर्षीय सुनिलसिंह सिजापतिको शनिवार मृत्यु भएको छ । मंसिर २९ गते आश्रममा लगिएका सिजापतिको भोलिपल्टै मृत्यु भएको हो ।

आश्रमको कम्पाउण्डभित्रै कपडा धोएको पानी जम्मा हुने खाडलमा परेर सिजापतिको मृत्यु भएपछि आश्रमले हेरचाहमा ध्यान नपुर्याएको आफन्तको गुनासो छ । ूआश्रमको फितलो प्रशासन र कमजोर सुरक्षा अवस्था देखियो, यो त चरम लापर्वाही हो,ू एक जना आफन्तले भने( ूकम्पाउण्डभित्रै सानो पानी जमेको खाडलमा डुबेर मर्ने स्थिति आउनु निकै दुःखद कुरो हो, यसले आश्रमको कमजोरी उदांगिएको छ ।ू
निलसागर बृद्धाश्रमकी अध्यक्ष सरिता खनालले शारीरिक र मानसिकरुपले कमजोर व्यक्तिलाई परिवारजनकै आग्रहमा आश्रममा राखिएको बताउँदै अप्रत्याशित रुपमा यस्तो घटना भएपछि आफू पनि दुखिद् भएको बताइन् । ूउहाँ निकै कमजोर हुुनुहुँदोरहेछ, मुखमा पनि पहिले नै चोट थियो, परिवार भएको मान्छेलाई आश्रममा राख्ने हाम्रो मापदण्ड नभएपनि परिवारजनले विशेष आग्रह गरेपछि राम्रो होस् भनेर हामीले राखेका थियौं, राती ११ बजेसम्म उहाँ कोठामै हुनुहुन्थ्यो । तर, विहान यो घटना भयो,ू खनालले भनिन्, ूउहाँमा निद्रा नलाग्ने समस्या रैछ, यहाँ राखेकै दिन हामीले मानसिक रोग विशेषज्ञलाई चेकजाँच गराएर ल्याएका पनि थियौं ।ू
घटना भएपछि लापर्वाही जस्तो देखिने गरेपनि आफूहरुले आश्रममा राखिएका व्यक्तिहरुको हेरचाहमा सक्दो ध्यान दिएको उनको भनाई छ । ूहामीले सुरक्षागार्ड राख्न सकेका छैनौं, निकै दयनीय अवस्थाबाट हामी गुज्रिरहेका छौं,ू खनालले भनिन्, ू४र५ जना भोलन्टियर भाईबिहिनीहरुले रेखदेखमा सहयोग गर्नुभएको छ ।ू( बागेश्वरी पोस्ट)