सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकार अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सम्बन्ध विस्तार गर्न लागिरहेको छ : परराष्ट्रमन्त्री साउद

काठमाडौँ। परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रजातन्त्र स्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताउनुभएको छ । न्यूज लाईन्स मिडिया प्रालिको आठौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले विस २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताउनुभएको हो ।

“प्रजातन्त्र स्थापनापछि नेपाली पत्रकारिता क्षेत्र संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौँथो अङ्गका रुपमा मान्यता दिनु नेपाली सञ्चार क्षेत्रको लागि खुशीको कुरा हो,”– उहाँले भन्नुभयो । परराष्ट्रमन्त्री साउदले संविधानपछि नेपालमा तीनै तहको निर्वाचन गरेर अगाडि बढेको बताउनुभयो । सीमित स्रोत र साधनका बीच सरकारले राम्रो काम गरिरहेको बताउनुभयो ।

उहाँले कोरोनाका कारण विकासील देशले अर्थतन्त्रमा दवाव महसुस गरिरहेको बताउँदै नेपालले आर्थिक नीति तयार गर्ने कुरामा ध्यान पु¥याउन जरुरी रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको मुद्दा र शान्ति प्रक्रियालाई टुङ्गो पु¥याएको विषयमा नेपालले विश्वसँग स्पष्ट ढङ्गले कुरा गरेको स्पष्ट पार्नुभयो । उहाँले संविधानको विरोध गर्ने र दल खोलेर दलीय व्यवस्थाको विरोध गर्ने अधिकार कोही कसैलाई नभएको बताउनुभयो ।

सरकारले अन्तर्राष्ट्रिय स्तरमा नेपालको सम्बन्ध विस्तार गर्न लागिरहेको उल्लेख गर्नुभयो । “हामी छिमेकी मुलुक भारत र चीनसँग उत्तिकै सम्बन्ध राखेर अगाडि बढेका छौैँ, यस्तै विभिन्न देशसँग पनि आफ्नै सम्बन्ध अगाडि बढाएका छौँ,”–उहाँले भन्नुभयो । सरकारले विभिन्न देशमा मारिएका व्यक्तिको नेपाल फर्काउनका लागि हामी उत्तिकै कुटनीतिक पहल गरिहेको उहाँको भनाई छ । उहाँले गाजा क्षेत्रमा अपहरण परेका विपीन जोशीलाई नेपाल फर्काउन सरकारले पहल गरिरहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्व स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले राज्य सञ्चालनमा धेरै समस्या भएको भन्दै ती समस्या समाधान गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । “मुलुकलाई सही बाटोमा लैजानका लागि एउटा मन्त्रीले मात्र सक्दैन, पुरै टिम लाग्नुपर्छ,”–उहाँले भन्नुभयो । राज्य सञ्चालनमा परिवर्तन गर्न जरुरी रहेको उहाँको भनाई थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले समुन्नत मुलुक निर्माणको एजेण्डा नेपाली सञ्चार माध्यमले बोक्नुपर्ने बताउनुभयो । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले विदेशिएका नेपालीको पीडालाई नेपाली सञ्चार माध्यामले गहन ढङ्गले बोकेको भन्दै आभार व्यक्त गर्नुभयो ।

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले दैनिक हजारौँ युवाहरु मुलुकबाट बाहिरीएको भन्दै त्यसलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । शिक्षाविद् हरिसिंह केसीले नेपाली मिडियालाई सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

न्यूज लाईन्स मिडियाका सल्लाहकार एवम् समाजसेवी रामप्रसाद न्यौपानेले मुलुकको विकासका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चारकर्मीलाई सकारात्मक पक्षमा कलम चलाउन आग्रह गर्नुभयो ।

मिडियाकी अध्यक्ष रिता ढकाल भट्टको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा समाजमा विशिष्ठ योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »