सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेको ईगाउँमा फुटवल प्रतियोगिताको भव्य उद्घाटन,उद्घाटनमा लुम्विनी प्रदेश प्रहरी गण विजयी


नेपालगञ्ज,बाँकेको खजुरा ४ ई गाउँमा खुल्ला नकआउट फूटबल प्रतियोगिताको शनिबार भव्य उद्घाटन भएको छ । बाजा गाजा र साँस्कृतिक कार्यक्रम सहित सुरु भएको प्रतियोगिताको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईगाउँको खेल मैदानमा उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य खत्रीले खेलकुदको विकासका लागि आफुले पहल गर्ने बताउँदै ग्रामीण क्षेत्रमा खेलकुदका ठुला प्रतियोगिता हुनु आफैमा सह्रानीय काम भएको बताउनुभयो ।

क्लबका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष टेकबहादुर रोकाय, नेपालगञ्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्की, खजुरा गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव छवी विष्ट, नेकपा एमालेका घननाथ खनाल र झगबहादुर पौडेल, नेपाली काँग्रेसका शंकर रावत, नेकपा माओवादी केन्द्रका राजकुमार विक र खड्ग वली, राष्ट्रिय स्वतन्त्र पार्टीका कुमार गिरी, क्लवका उपाध्यक्ष गोविन्द खत्री, सचिव भोला मल्ल लगायतले शुभकामना ब्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

न्यु दर्पण युवा स्पोर्ट्स क्लबको आयोजनामा पुस १६ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक दर्पणलाई ० का विरुद्ध २ गोलको अन्तरले पराजित गर्दै लुम्विनी प्रदेश प्रहरी गण खजुराले विजयी सुरुवात गरेको छ । प्रहरीका तर्फबाट जर्सी नम्बर १० का अर्जुन कुमालले दुईगोल गर्नुभयो । म्यान अफ द म्याच कुमाललाई सुवी एजुकेशन एण्ड भिसा सर्भिसका प्रबन्ध निर्देशक विनोद बास्तोलाले नगद पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा १७ टोलीको सहभागिता छ । प्रतियोगिताको बिजेतालाई एक लाख,दोश्रो हुनेलाई ५१ हजार सहित प्रत्येक खेलको मेन अफ द म्याचलाई नगद पुरस्करको ब्यवस्था गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »