सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे अन्तर्राष्ट्रिय विशेष सेवा सम्मान–२०८०बाट सम्मानित

काठमाडौं । बरिष्ठ समाजसेवी तथा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे अन्तर्राष्ट्रिय विशेष सेवा सम्मान–२०८०बाट सम्मानित हुनु भएको छ ।
न्यूज लाईन्स मिडियाको आठौं बार्षिकोत्सवको अवसरमा सम्मानित हुनुभएका पाण्डे राजनीतिक एवम् सामाजिक चेतका धनी, झन्डै चार दशकदेखि भारतलाई आफ्नो कर्मभूमी बनाउदै नेपाललाई आमुल परिवर्तन गर्ने दिशामा कटिबद्ध भई नेपालको शान्ति प्रक्रियालाई मुर्त रुप दिने गरि प्रमुख राजनीतिक दल बीच भएको १२ बुँदे समझदारीलाई तार्किक निष्कर्शमा पु¥याउनमा सार्थक भूमिका निर्वाह गर्ने एक निस्वार्थ समाजसेवीको रुपमा समेत परिचित हुनुहुन्छ ।
समाजसेवी पाण्डेले भारतबाट हजारौंको संख्या महिला बालबालिकाहरुको उद्धार, आप्रावासन लगायत दैनिक हुने, भैपरी आउने जस्ता सबै खाले समस्या निराकरण वा समाधानका लागि दिनरात नभनी खटीदै भोलेन्टरी सेवा गर्दै राजनीतिक परिवर्तन र सामाजिक जागरणमा पु¥याउँदै आएकोले उहाँको योगदानको उच्च कदर गर्दै अन्तर्राष्ट्रिय विशेष सेवा सम्मान–२०८० द्वारा सम्मानित गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »