सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बरिष्ठ अधिकारकर्मी एवं समाजसेवी बिजयकुमार शिरनेथ ठकुरी राष्ट्रिय सेवा सम्मान–२०८० द्वारा सम्मानित

काठमाडौं । विगत तिन दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ समाजसेवाको क्षेत्रमा सक्रिय रही एक अनुकरणीय एवं प्रेरणादायी व्यक्तित्वको छबि बनाउन सफल बरिष्ठ अधिकारकर्मी एवं समाजसेवी बिजयकुमार शिरनेथ ठकुरी राष्ट्रिय सेवा सम्मान–२०८० द्वारा सम्मानित हुनु भएको छ ।
महाराजागञ्ज स्थित अरिकल ईभेन्टस्मा आज सम्पन्न भएको न्यूज लाईन्स् नेपाल मिडियाको आठौं बार्षिकोत्सव को अवसरमा नेपाल सरकारका परराष्ट्र मन्त्री एन पि साउदबाट उहाँ सम्मानित हुनुभएको हो ।
विभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध भई आफ्नो कुशल क्षमता एवं नविन सोचको माध्यमबाट राष्ट्र निर्माणमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै उहाँलाई न्यूज लाईन्स् नेपाल मिडियाको आठौं बार्षिकोत्सव को अवसरमा राष्ट्रिय सेवा सम्मान–२०८० द्वारा सम्मानित गरिएको हो ।
मिडियाकी अध्यक्ष रिता ढकाल भट्टको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा समाजमा विशिष्ठ योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »