सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवी साबित्रा लिम्बु राष्ट्रिय समाजसेवी सम्मान २०८० बाट सम्मानित

काठमाडौं । देश बिदेशमा रहेर समाजसेवामा लागेको भन्दै न्यूज लाईन्स् नेपालको आठौं बाषर््िकोत्सवको अवसरमा समाजसेवी साबित्रा लिम्बु लाई राष्ट्रिय समाजसेवी सम्मान २०८० बाट सम्मानित गरिएको छ ।
अनाथ तथा सडक बालबालिकाहरुको उद्धार र हेरचाहमा बिशेष सहयोग पुर्याउँदै आउनुभएकी लिम्बुले लकडाउनको समयमा मानवको लागि मानव अभियानले चलाएको निशुल्क खाना खुवाउने अभियानमा समेत सहयोगिको भुमिका निर्वाह गर्नु भएको थियो ।
बिभिन्न समयमा समाजिक अभियानहरुका सकृय भुमिका निभाउँदै आउनुभएकी साबित्रा लिम्बुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्री एन पि साउदको हातबाट सम्मानित गरिएको हो ।
विभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध भई आफ्नो कुशल क्षमता एवं नविन सोचको माध्यमबाट राष्ट्र निर्माणमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै उहाँलाई न्यूज लाईन्स् नेपाल मिडियाको आठौं बार्षिकोत्सव को अवसरमा राष्ट्रिय सेवा सम्मान–२०८० द्वारा सम्मानित गरिएको हो ।
मिडियाकी अध्यक्ष रिता ढकाल भट्टको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा समाजमा विशिष्ठ योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »