सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“राष्ट्रिय समाजसेवी सम्मान २०८०” बाट ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ सम्मानित

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायीहरुको हक हितमा कार्यगर्ने उदेश्यकासाथ स्थापना भएको ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको राष्ट्रिय अध्यक्ष जस्तो पदमा निर्वाचित भई आम ब्यवसायी, उपभोक्ता तथा मजदुर,कर्मचारीहरुको समेत हितमा कार्य गर्ने संकल्प गरेको भन्दै न्यूज लाईन्स् नेपालको आठौं बार्षिकोत्सवको अवसरमा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ लाई राष्ट्रिय समाजसेवी सम्मान २०८० बाट सम्मानित गरिएको छ ।
बिभिन्न समयमा समाजिक अभियानहरुका सकृय भुमिका निभाउँदै आउनुभएका श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्री एन पि साउदको हातबाट उहाँका छोरा जनक श्रेष्ठ मार्फत सम्मानित गरिएको छ । बिशेष कारणबस उहाँ उपस्थितहुन नसकेपछि उहाँको प्रतिनिधिको रुपमा आउनु भएका उहाँका छोरा जनक श्रेष्ठ मार्फत सो सम्मानपत्र हस्तानतरण गरिएको थियो ।
विभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध भई आफ्नो कुशल क्षमता एवं नविन सोचको माध्यमबाट राष्ट्र निर्माणमा पु¥याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै उहाँलाई न्यूज लाईन्स् नेपाल मिडियाको आठौं बार्षिकोत्सव को अवसरमा राष्ट्रिय सेवा सम्मान–२०८० द्वारा सम्मानित गरिएको हो ।
मिडियाकी अध्यक्ष रिता ढकाल भट्टको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा समाजमा विशिष्ठ योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »