सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महासंघको संगठन बिस्तारको पहिलो पाईला, लुम्बिनी प्रदेश गठन : ठुलोबाबु श्रेष्ठ

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको नवौं महाधिवेशनबाट निर्वाचित हुनुभएका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रस्तावमा महासंघको संगठनलाई संघियताको मोडलमा लैजाने प्रकृयाको शुरुवात भएको छ ।
बुटवलमा सम्पन्न लुम्बिनी प्रदेशको भेलाले महासंघका उपाध्ययक्ष तथा रुपन्देही जिल्लाका संस्थापक अध्यक्ष अशोककुमार वर्मा को नेतृत्वमा २५ सदस्यीय लुम्बिनी प्रदेश समिति गठन गर्दै संगठन बिस्तारको पहिलो पाईला अगाडी बढाएको हो ।
महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले संघीयताको मर्म र भावना अनुसार सात प्रदेश मध्ये लुम्बिनी प्रदेश समिति गठन पहिलो भएको बताउनुभएको छ ।
ग्रील तथा स्टील ब्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको बिशेष उपस्थितिमा भएको भेलाले ग्रील तथा स्टिल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा बुटवलका अशोककुमार वर्मा, उपाध्यक्षहरुमा ओम वली, विकल श्रेष्ठ, दिलबहादुर सुनार, महासचिवमा रामप्रसाद पाण्डे, कोषाध्यक्षमा चेतनारायण गैरे, सहसचिवमा युवराज दर्लामी र सहकोषाध्यक्षमा हस्तबहादुर सुनार चयन गरेको छ ।
यस्तै प्रदेश कार्यसमिति सदस्यहरुमा भागिराम थारु,सर्जुराम चौधरी,डिलबहादुर चौधरी, आदिद सिद्धिकी,दीपक भण्डारी,झविन्द्र कार्की,प्रेमबहादुर आले,हेमन्त वस्नेत,बीरबहादुर थारु,समीरसमर खाती,अर्जुनसिंह विक,सुर्य ढुंगाना,केशव बस्याल,दीपक बसिी,बाबुराम गैरे,अनिश किरण विक र अर्जुन गिरी चयन भएका छन् ।
नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले प्रमाणपत्र प्रदान गरे ।
नवनिर्वाचित अध्यक्ष वर्माले व्यवसायीका समस्या समाधान, व्यवसायीका हकहितमा प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्ने र कामदारहरुलाई एड्भान्स तालिम दिन प्रदेश सरकारसंग सहकार्य गर्ने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »