सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“ए ग्याम थारेङ” म्युजिक भिडियो सार्वजनिक( भिडियो सहित)

भक्तपुर  । गायक बाबुराम लामा मोक्तानको “ए ग्याम थारेङ” म्युजिक भिडियो सार्वजनिक भएको छ।

तामाङ राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बलको प्रमुख आतिथ्यतमा  तोङ्बा स्टेशन पाण्डु बजार भक्तपुरमा पत्रकार सम्मेलन  गरि उक्त म्युजिक भिडियो बजारमा ल्याएको हो।

गीतकार कुमार स्याङबाको शब्द ,चर्चित गायक तथा संगीतकार निमा दोङको रहेको गीतमा बाबुराम लामा मोक्तानको आवाज रहेको छ।

पत्रकार मिङ्मा योञ्जनको निर्देशन तयार पारिएको भिडियोमा गायक बाबुराम लामा मोक्तान,अपेक्षा बोहराको गायक तथा नायक प्रविन्स् मोक्तानअभिनय रहेका छन् ।

छायांकन, ड्रोन, कलर भिडियो सम्पादक कृष्ण ब्लोनले गरेको थियोे ।यस अडियो एरेञ्ज पवन वाङ लामा मिक्सिङ किशोर थापाको गरेका थिए।

पत्रकार सम्मेलन तथा म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ घेदुङको संघीय सदस्य, भाषा, लिपि साहित्य विभाग प्रमुख हिरालाल दोङ, उत्प्रेक वक्ता विकासदेव योञ्जन, राष्ट्रिय घेदुङ संस्कृतिक अध्यक्ष अविषेक तामाङ,ह्याङला तामाङ समाज भक्तपुरको संस्थापक अध्यक्ष प्रेम मोक्तान,नेपाल तामाङ महिला घेदुङको पुर्व महासचिव कुमारी मोक्तान,तामाङ चलचित्र संघको केन्द्रीय सदस्य ज्ञानदास दोङ, गायक तथा संगीतकार प्रयास दोङ लगायतका अतिथिहरुको उपस्थिति रहेकोे थियोे ।

उक्त म्युजिक भिडियो पत्रकार सम्मेलन कार्यक्रम गायक बाबुराम लामा मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रम पत्रकार तथा तामाङ पत्रकार संघ भक्तपुर सचिव छेडुप लामा दोङले सञ्चालन गरिएको हो।

म्युजिक भिडियो हेर्नुस् ।

भर्खरै

सम्बन्धित खबर

Language »