सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रचना रिमाल र प्रिती पासवानले तताए नेपालगन्जको महोत्सव


नेपालगन्ज, नेपालगन्ज महोत्सबमो बाह्रौ दिन चर्चित गायीका रचना रिमालको प्रस्तुतीमा नेपालगन्ज महोत्सवका दर्शक रमाएका छन् । महोत्सवमा रचनाले प्रस्तुत गर्नुभएको उनको प्रिती पहिले हो की मेरो प्रिती पहिले बोलको चर्चित गीतमा महोत्सवका दर्शक खेलेरै रमाएका थिए । महोत्सवमा रचनाले स्टेजबाट तल झरेर एक पछि अर्का दर्शकको हात समाउदै गीत गाउंदा दर्शकहरु निकै रमाएका थिए । पहेलो पहिरनमा सजिएर रचनाले स्टेजमा गीत गाउदा महोत्सवका दर्शकहरुको लठ्ठै परेका छन् ।

महोत्सवमा रचनाले फोटो फिरिममा माया पिरिममा, मिनीरल वनटर, उनको प्रिती पहिले हो की मेरो प्रिती पहिले, चाहान्छु माया बढोस, टन्न पैसा कमाउला भन्थेउ, तिमी त पेखरेली, सन न पियारी भन पियरा, तिमीलाई स्कुटर किन्दीउला सपनिमा तिमीलाई कारै किन्दीउला सपनिमा सम्झिने पानी छम्किने, ढुंगेधारा अझंैनी धोको पुगेन र लगायतको चर्चित चर्चित गित प्रस्तुतीमा महोत्सवका बृद्ध, यवा, बालबालिका सबै समुहका दर्शकहरुले भरपुर्ण मनोञ्जन लिएका थिए । रचनाको एक पछि एक चर्चित चर्चित करिब एक दर्जन बढी प्रस्तुतीमा नेपालगन्ज महोत्सवका दर्शकहरु झुमी झुमी नाचेका थिए ।
नेपालगन्ज महोत्सवमा आउंनुभएका चर्चित भोजपुरी डान्सर तथा टिकटक स्टार प्रिती पासवानले आफ्नो प्रस्तुतीले महोत्सवका दर्शकलाई नचाउनु भएको थियो । महोत्सवमा प्रितीले बसन्त नै बस्न खोज्छ यहा लौलाएर यो हो मेरो प्यारो भन्दा प्यारो माईती घर माईती घर, कि नुबु खरभुजा भईल, दिसेम्वरको जान जाएगा, बदनामी राजाजी, आम ले लो, कम्मरिया जीन्दगी भर रहिए राजाजी, छुले छुले आ मुझे छुले, दिवानी मे दिवानी साजन की दिवानी लगायतको गीतमा दमदार प्रस्तुती रहेको थिए। नेपालगन्जका दर्शकले प्रितीको रोमाञ्चक नृत्यमा खुलेरै झुमी झुमी नाचेका थिए । प्रितीले करिब एक दर्जन बढी नेपाली तथा भोजपुरी चर्चित चर्चित गीतमा नृत्य प्रस्तुत गर्नु भएको थियो ।


महोत्सवमा गायक तथा उद्घोषक अनुप बढा मगरले पनि आफ्नो प्रस्तुतीले महोत्सवका दर्शकलाई भरपुर्ण मनोञ्जन गाराउनुभएको थियो । उहाँले पनि आधा दर्जन बढी चर्चित चर्चित गीत गाएर दर्शकलाई नचाउनुभएको थियो । महोत्सबमा चर्चित र्चिचत कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । महोत्सबमा हरेक दिन विभिन्न खाले बाल उद्यानका खेलहरु, थारु गाउमा विभिन्न थारु परिकारका स्वाद लिन सकिने लगायतका विभिन्न खाले मनोरञ्जन लिन सकिने मनोरञ्जनात्मक प्रदशनीहरु रहेको संयोजक बुढाले जानकारी गराउनुभयो ।

भने कार्यक्रमको संचालन बर्षा पाण्डे र अशोक रावलले गरेका थिए । यस्तै भोली (बुधवार) चर्चित लोकदोहरी गायक पशुपति शर्मा, भोजपुरी मोडल तथा टिकटक स्टार प्रिती पासवान, लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका संयोजक नन्द बुढाले जानकारी गराउनुभएको छ । नेपालगन्ज महोत्सवको म्याद चार दिन थप गरिएको आयोजकले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »