सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ

काठमाडौँ । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । उनी काठमाडौँबाट पक्राउ परेका हुन् । 

बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए ।

तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका हुन्।

बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ ।

सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो ।

पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।

सिआइबी प्रमुख एवं एआइजी किरण बज्राचार्यका अनुसार बमजन केही समयदेखि काठमाडौंमा बस्दै आएको भन्ने सूचना प्राप्त भए पछि प्रहरीले बमजनको खोजतलास  अनुसन्धान र निगरानी  तिब्र बनाएको थियो भने मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य प्रहरीले पत्ता लगायो। त्यसपछि बुढानिलकण्ठस्थित रहेको एक घरमा डिएसपी भण्डारीको टोली पुग्यो। 
जसै टोली पुग्यो बमजनले आफूलाई पक्राउ गर्न आएको भेउ पाए। उनी उक्त घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएका थिए। उनकी श्रीमती लगायतले पनि प्रहरीलाई रोक्न कोसिस गरेका थिए।
बमजन घरको दोस्रो तलामाथि बसिरहेका थिए। प्रहरी आएको थाहा पाएपछि बमजनले बरण्डाबाट हामफालेको सिआइबी स्रोतले जानकारी दियो। 
उनलाई पटकपटक पक्राउ गर्ने प्रहरीको प्रयास असफल भएको थियाे । तर, सिन्धुपाल्चोक आश्रममै रहेकाे अनुमान गरिएका उनी आज बूढानीलकण्ठबाट पक्राउ परेका छन् । बम्जनमाथि सर्लाहीकी रीता बोट, नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया तामाङलाई यौनशोषणपछि बेपत्ता पारेको अभियोग छ । 
आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए ।
लामो समयदेखि फरार रहेका बम्जनलाई पक्राउ गर्न प्रहरीले पटक-पटक उनको सिन्धुलीस्थित आश्रम र अन्य केही शंकास्पद स्थानमा छापा मारेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »