सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा ग्लोबल सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न


नेपालगन्ज, ग्लोबल बचत तथा ऋण सहकारी सहकारी संस्थाको नाफा ९ लाख ६१ हजार ५ सय ३७ रुपैया कमाएको छ ।
गत आर्थिक वर्षको हिसाब अनुसार सहकारीले यो मुनाफा कमाएको हो । आईतबाट सम्पन्न सहकारीको ११ औं वार्षिक साधारण सभामा अध्यक्ष विशाल श्रेष्ठले प्रस्तुत् गरेको संस्थाको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख भए अनुसार बजारमा ३ करोड ६४ लाख एक हजार ४ सय ७१ रुपैया कर्जा लगानी गरिको छ । २१ लाख ३३ हजार एक सय रुपैया शेयरपुजि बनाएको ग्लोबल सहकारीले ४ करोड ५५ लाख ३५ हजार ४ सय १ रुपैया निक्षेप संकलन गरेको छ ।


हाल सम्म ३ सय १९ सक्रिय शेयर सदस्य भएको ग्लोबल सहकारी बजारमा अब्बल र आर्थिक हिसाबमा स्वच्छता भएको सहकारीको रुपमा चिनिन्छ । सहकारीले १५ लाख ३२ हजार ५१ रुपैया सहकारीका विभिन्न कोषमा जम्मा गरेको छ ।
पछिल्लो समय बाँकेमा सहकारी संस्था संचालन गर्न निकै कष्टकर बन्दै गएको छ । सहकारी नितिविधिमा सन्चालन हुन सक्दा सहकारी संंस्था धराप हुदै लाखौं जनताको करोडौं निक्षप डुब्ने भएको हु“दा सहकारीका शिद्धान्तहरु छन् हामी त्यहि शिद्धान्त र सहकारीका नीतिविधिमा टेकेर काम गरेका छौं अध्यक्ष श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार ग्लोबल सहकारीले बचत फिर्ता, कर्जा लगानी र असुली जस्ता कार्य सहज वातावरणमै गर्ने गरेको जानकारी बताउनुभयो । 

भर्खरै

सम्बन्धित खबर

Language »