सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय युवा संघ नेपाल नेपालगन्ज उपमहानगरपालिका कमिटीका कमिटीमा विरेन्द्र कुमार थापा निर्वाचित


नेपालगन्ज,नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल नेपालगन्ज उपमहानगरपालिका कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भएको नगर अधिवेशनको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव खेमराज शर्मा रहनु भएको थियो । वहाँले भने राष्ट्रिय युवा संघ युवाहरू त्यो शक्तिहो जस्ले भाषणमा होईन काममा विशवास गर्छ र युवाहरुको हक अधिकारका लागि कुरा गर्छ । नेकपा एमालेको सिद्धान्तलाई नगर टोल टोल र घर घरमा पुर्याउने छ र अब आउने नयाँ नेतृत्व कमिटीबाट महिला हिंसा,दाइजो प्रथा,अत्याचार,हिंसा मुक्त समाज बनाउने छ । नेपालगन्ज भनेको बाके जिल्लाको सदर मुकाम हो यहाँ हुने हरेक क्रयाकलापमा अझै सशक्त भएर भुमिका निर्वाह गर्नु पर्छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन हल्वाईले भने नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ हो । यो संघले राष्ट्रिय र राष्ट्रियताको पक्षमा काम गर्ने छ । जति पनि युवा छन् देशको खम्बा हुन र युवाहरूले देशलाई अगाडी बढाउन खोजेका छन् । आर्को तिर सत्ताका दलालहरुले सरकारमा बसेका हत्यारा सरकारले युवाहरूलाई ठाँउ ठाँउ गोली हन्ने काम गरि रहेको छ । अब आउने नेतृत्वले नेपालगन्ज भित्र भइरहेको भ्रष्टाचार,आर्थिक हिनामिना विरुद्ध सशक्त रूपमा उतर्ने छ । युवा शक्ति बलियो रहियो भने देश र समाज बलियो हुनेछ हारुन हल्वाईले भने ।
नेकपा एमालेको सरकार जब आउँदैन तब सम्म युवा प्लैन हुने अवस्था रोकिन्दन र राजनीतिक देखि हरेक ताहमा युवाहरू अगाडि बढी रहेकोे छ्न । र यो देशको भविस्य युवाहरू हुन हारुनले भन्नू भयो ।
नेकपा एमाले ने ग उपमहानगरपालिकाका अध्यक्ष दत्त प्रशाद अचार्यले भने नेपालगन्जमा युवाहरूले ने ग २३ ओटा वडाहरुमा िक्रया शिल जुझारु युवाहरूले राष्ट्र र राष्ट्रियताको हकहितका लागि काम गर्ने दत्तले भन्नुभयो ।
नेकपा एमाले बाँके जिल्लाका उपध्यक्ष डिल्लि बिसिले भने हाम्रा अग्रजहरुले नेपालको कम्निषयुट पार्टीको स्थापना गर्नका लागी हाम्रा नेताहरूले पहिला तपाई जस्तै युवा थिए । र तपाईहरु युवा नै हुनुहुन्छ । नेपालगन्ज उपमहानगरपालिका कमिटीले युवाहरूलाई अगाडि बढाउनका लागी एकाअर्कालागि संगठित हुनु रोजगारी,शिक्षा,स्वास्थ लगायत हरेक कामका लागि युवाहरु एक जुट हुनुपर्छ युवाहरूले एक आर्काको लागि हातोमालो गर्नु पर्नेमा जोड दिनु भयो ।
दुर्गा चौधरीले भने म पनि तपाईको उमेरमा हुन्दा तपाई जस्तै युवा हुन्दा मलाई पनि लाग्थ्यो कि अब देश र सन्सार छिटटै परिवर्तन हुन्छ भन्ने लाग्थ्यो । तस्तै तपाईहरुको उत्साहले नै समाज परिवर्त्न गर्ने हो र वहाँले भने यो उत्साह एक दिन एक रात एक महिनाको हुनु भएना सधैंका लागि यो उत्साह हुनु पर्छ भन्नुभयो ।
नेकपा एमालेका नेता भीम ओलिले भने अब आउने नयाँ कमिटीले सशक्त भएर युवाहरूले लाग्ने छन । यो देशमा गठबन्धन्को सरकार छ माओवादीको सरकार र काङ्ग्रेसको सरकार छ ने ग उपनागरपालिकामा काङ्ग्रेसको गठबन्धनको सरकार रहेको छ यो गठबन्धनको सरकारबाट युवाहरू संतुष्ट छैनन र एक वर्षमा ५ लाख युवाहरू बेरोजगार भएर रोजगारको खोजीमा विदेश जाने क्रम बढदै गरेको छ ।
ययदि यो सरकारले युवाहरूका लागि रोजगार सृजना गर्नु प्रर्थियो र सरकार सग युवाहरूले आशा राखेका थिए कि कोरिया जान पाउ भन्ने युवाहरूले आन्दोलन गरिरहेको बेलामा यो गठबन्धनको सरकारले आन्दोलन गर्ने युवा माथि गोलि प्रहार गरेको हत्यारा सरकार हो यो सरकार गरीबहरुको पेटमा लात हान्ने सरकार हो भिम ओलीले भने ।
यस अधिवेशनमा स्वगत मन्तव्य रवि बर्माले गर्नु भएको थियो रवि बर्माले भने युवाहरू बेरोजगार भएर रोजगारीको लागि विदेश जानका लागि गरेको आन्दोलनमा यो गठबन्धनको सरकारले आन्दोलन गर्ने युवा माथि गोलि प्रहार गरेको छ ।
कार्यक्रम संचालक सुनिल रसाइलीले गर्नु भएको थियो । राष्ट्रिय युवा संघ नेपाल नेपालगन्ज उपमहानगरपालिका कमिटी को तेस्रो नगर अधिवेशन बाट सर्वसम्मत ढंगले अध्यक्ष विरेन्द्र कुमार थापा, उपाध्यक्षमा सुनिल भाट, सचीवमा तनिष टन्डन, साह सचिवमा शैलेष बोहरा तथा सौगात बिष्ट र कोषाध्यक्षमा पल्पसा थापा सहित ७१ सदस्यीय कमिटी निर्वाचित भएको छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »