सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल सिन्धुपाल्चोकले बुझायो प्रमुख जिल्ला अधिकारी,नापि प्रमुख र मालपोत प्रमुखलाई ज्ञापन पत्र

काठमडौं । भूमि अधिकार तथा श्रमिक संगठन नेपाल सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारी,नापि प्रमुख र मालपोत प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्लामा देखिएका बिभिन्न समस्याहरुलाई सरकारको तर्फबाट गरिनुपर्ने समाधान तर्फ ध्यान नगएको तर हरेक कुरामा राजश्व बृद्धि गरेर आम नागरिकको ढाड सेक्ने काम मात्र भएको भन्दै प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य मार्फत नेपालसरकारलाई ज्ञापनपत्र बुझाईएको हो ।
पुर्व बागमती प्रदेश उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री, नेकपा एमालेका केन्द्रिय सदस्य शरेस नेपालको नेतृत्वमा गएको टोलीमा जिल्लाका बिभिन्न तहका नेताहरु र मिडियाकर्मीहरुको समेत सहभागिता रहेको थियो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले आफुले राज्यले बनाएको नीति कार्यन्वयनमात्र गर्न सक्ने भएकोले आफ्नो ठाउँबाट हुन सक्ने सेवा स्ुबिधा लगायतका कुरामा कुनै कमी हुन नदिने प्रतिबद्धता जाहेर गर्नु भयो ।
ज्ञापनपत्र बुझ्दै मालपोत प्रमुख तथा नापि प्रमुखले समेत आफ्नो कार्यालयबाट हुन सक्ने सहजिकरणमा कमीनहुने बताउनु भयो ।
भूमि अधिकार तथा श्रमिक संगठन नेपाल सिन्धुपाल्चोकका अध्यक्ष श्यामबहाुर भुजेल ले आमनागरिकको समस्यालाई समाधान गर्न तर्फ नलागे कडा आन्दोलन गर्न समेत बाध्यहुने बताउनु भएको छ ।
यस्तो थियो ज्ञापनपत्र
श्री जिल्ला प्रशासन कार्यालय श्री मालपोत कार्यालय श्री नापी कार्यालय, सिन्धुपाल्चोक, चौतारा ।
विषय : ज्ञापन पत्र ।
सिन्धुपाल्चोक जिल्लाको खेती गर्ने धेरै जसो भुभागहरु पहाडको भिर, भिरोलो, दुगेन डॉण, जगंलको छेउछाउ, खोला नदीको बगर आदी जमिन भई उब्जनी कमी हुने, बांदर, बदेल र दुम्सीले अति दुख दिने र बाड़ी पहिरो विपद भोस्नु पर्ने कारणहरुबाट जग्गा वांझो राख्ने, बसाई सर्न बाध्य भई शहरमा सुकुम्वासी बस्तिमा श्रम बजार खोज्दै हिड्नु पर्ने परिस्थितिलाई मनन् गर्दै भुमि अधिकार तया श्रमिक संगठन नेपाल जिल्ला कमिटि सिन्धुपाल्चोकले तपसिलका मागहरु राखी अविलम्व कार्यान्वयनका लगी अघि बढाउन हार्दिक अनुरोध गर्दछ। अत उल्लेखित मागहरुलाई पुरा गर्ने तर्फ कुनै चासो नदेखाई आलटाल गर्ने प्रयात्न गरिएमा संगठन वाध्य भएर दवावमुलक कार्यक्रम तय गरि आन्दोलनमा उत्रिने व्यहोरा समेत ध्यानआकषर्ण गराउदछौं ।
तपसिन
१. गुठी जग्गाको तिरो वृद्धि बारे युगौ देखी खनजोत तथा भोगचलन गर्दै आएकाजग्गाहरु जोताहकै स्वामित्वमा जानुपर्नेमा जर्वजस्ति गुठीमा नापचांच गरी अन्याय गरेकोछ । यस जिल्लामा विभिन्न प्रकृतिको १४७ वटा गुठीहरुको १ लाख ३३ हजार रोपनी जोतभोग गरिहेका छन् । सिन्धुपाल्योक जिल्लामा करिव २२ हजार घरपरिवारले कथित गुठी जग्गा उपभोग गरिहेकोले साविक तिरि रहेको गुठि अधिनस्तका तिरोकरमा मुरीको रु. २७०० पुर्याईएको छ जब कि गाउँघरमा धान मुरीको ११ सयमा पनि ब्रिकी हुदैन। त्यस्तैगरी गुठि रैतानी नम्वरीमा पनी किसानले तिर्न नसक्नेगरी मालपोत शुल्क बढाईएको छ। जरिवाना शुल्कमा समेत अधिक वृद्धि भएको हुदा गुठी तिरो बुझाउन नसक्ने व्यापक गुनासो छ भने प्रक्रिया पुरा गरि जग्गाधनि प्रमाण पुर्जा पाउने अवस्थामा रहेका नागरिकहरुले पनि लिन सकिरहेमका छैनन् । यस प्रकारको समस्यालाई समाधान गर्न वृद्धि गरेको तिरो र जरिवाना शुल्क घटाई साविक शुल्क नै कायम गरियोस ।
२. गुठी रैतानी नम्बरी जग्गाको तिरो बुझाउने निकाय बारे जिल्ला सदरमुकाम स्थित मालपोत कार्यालयबाट रैताने गुठीको तिरो बुझि रहेकोमा बुझाउन आतेजाते गर्दा खर्च र समय बढी लग्ने भएको हुँदा संधीय संरचना अनुसार स्थानियतहलाई नै अधिकार प्रत्योजन गर्न सम्बन्धित निकयहरुसंग समन्वयन गरि आवश्यक पहल गरियोस् ।
३. घर जग्गाको मुल्याकंन बारे आर्थिक वर्ष संगै गालपोत कार्यालयले निर्धारण गरिने मुल्याकंन सिमा रकमलाई हचुवाको भरमा नभई वस्तुगत आधारहरु लिई, मुल्याकंन सिमा कायम गरिनु पर्नेछ । जस्तै जिल्लाको विकट क्षेत्रमा पनि सडकको रेखाकन गरेका र गर्ने कार्य जारी छ । त्यस्ता निर्माणधिन सडक बाटोहरुमा गाडी कति समय चल्ने नचल्ने र सडकको सुविधा भई घर जग्गाको मुल्य बृद्धि भएको छ की झन अव्यवस्थित बाटो खनाईले बाढी पहिरो गई बसोवास र खेती योग्य जग्गा नै क्षेती गरेर मुल्य घटाएकोछ यी आदी विषयलाई पनि मनन गरि हालको प्रबिधिको युगमा गुगल म्यापलाई बैज्ञानिक सुबिधा यूक्त बनाउन पहल गरियोस् ।
४. मोहि लागेको जग्गा बाँडफाँड बारे पुस्तौ पुस्ता देखि कमाई या भोगचल गरि आएका मोहीयानी हकको प्रमाणपत्र भएका गोही किसानहरुको मोही जग्गा बाँडफाँड तथा नामसारीको लागि सम्बन्धित मोहियानीहक जग्गा प्राप्तिका लागी रित पुराई दर्ता गरेका २६४ निवेदन उपर अविलम्ब कारबाहीको टुङगो लगाई मोहीलाई जग्गाधनि प्रमाण पुर्जा उपलब्ध गराईयोस् ।
५. भुमिहिन तथा सुकुम्बासी र अव्यवस्थित बसोवास बारे जिल्ला भुमि आयोगले समेत काम गर्ने गरि स्थानीय तह मार्फत संकलन गरिएका भुमिहिन दलित, भुमिहिन शुकुम्बासी र अव्यवस्थित बसोवासिका आवेदन फारमहरुको अबिलम्ब कार्यान्वयन गरि छिटो भन्दा छिटो टुङगो लगाई जग्गाधनी प्रमाण पुर्जावितरण गरियोस् ।
६. गुठीको निर्णय भएको मोही पुर्जा बारे विगतमा गठित गुठी तथा रैकर जग्गा दर्ता समस्या समधान समितिले निर्णय गरेका तर मोही पुर्जा लान छुटेका मोही किसानहरुको बास्तविक अवस्था बुझि निर्णय भएका मोही पुर्जा अविलम्व दिनु पर्ने माग गर्दछौ ।
७. छुट जग्गा दर्ता बारे : नाप नक्शा हुँदा जग्गाधनीकै नाममा नाप नक्शा तयार भै फिल्डबुकमा समेत दर्ता भएको जग्गाको छुट जग्गा दर्ता खुलाई आवश्यक पहल गरी छुट जग्गा दर्ता गरिनु पर्ने माग राख्दछौ ।
८. घर जग्गाको लगत खारेजी बारे तत्कालिन समयमा उपभोग गरि जग्गाधनी प्रमाण पुर्जा तथा नापी नक्सामा समेत कायम रहेको घर जग्गाहरु लामो समय अघि देखी खोला, पहिरो, भुकम्प आदीले नोक्सान भई बांकी नभएको र सडक विस्तारले ओगटि रहेकोलाई एकिन गरि गराई सहज र सरल विधिबाट अभिलेखबाट हटाई मालपोत करबाट सम्बन्धित नागरिकहरुलाई उनमुक्ती दिलाउन र पीडकहरुले क्षेतिपुर्तिका लागी विभिन्न समयमा गरिएका मागलाई समेत पुरा गर्न आवश्यक पहल गरयिोस । (जस्तै जुरे, लिदी, जुगल, नागपुजे, मेलम्ची आदी भिषण बाढी पहिरो ।)
९. ब्लु प्रिन्ट तथा ट्रेस नक्सा बारे विभिन्न प्रयोजनको लागी नागरिकलाई आवश्यक पर्ने नक्सा प्रिन्ट प्रमाणित गरि लिदा एक सिटको दस्तुर रु.१००। (एक सय मात्र) लिई आएकोमा हाल प्रति कित्ता बराबर नै रु.१००। लिने गरेको गुनासो नागरिकको व्यापक छ । यो शुल्क वृद्धि वैज्ञानिक नभएकोले एउटै शुल्क निंधारण गरी हचुवको भरमा कित्तैपिच्छे शुल्क रु. १०० लिने विभेदकारी निर्णय अविलम्ब फिर्ता लिई यथावत शुल्कलाई कायम गरियोस ।
१०. बस्ति स्थान्तरण ः सिन्धुपाल्चोक जिल्लाको विभिन्न समयमा गएको बाढी पहिरोबाट विस्थिापन
पहिचान भएका घर परिवारले पाउने खडेरी खरिद र आवास पुननिर्माणको अनुदानको किस्ता समयमा नपाएर घर बनाउन नपाएको पीडिहरुको गुनासो छ । वाढी गएको बिभिन्न ठाउमा भिन्न भिन्न मितिमा वर्षो वर्षा हुँदा पनि पहिचान भएका लाभग्रहीले अनुदान नपाएको र सम्बन्धित सरोकारवाला निकायले सहयोग नगरेको हुनाले यथासक्य छिटो पीडितहरुले सेवा सुविधा पाउने व्यवस्था गरियोस् ।
श्याम बहादुर भुजेल
अध्यक्ष
भूमि अधिकार तथा श्रमिक संगठन नेपाल सिन्धुपाल्चोक

भर्खरै

सम्बन्धित खबर

Language »