सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निर्णायकको जिम्मेवारी सम्हालेका संगीत संयोजनमा पोख्त राजु खड्का दशैं तिहार फेस्टिवल म्युजिक अवार्ड — २०८०मा सम्मानित

काठमाडौं । एक्टिभ म्युजिक प्रा.लि.को आयोजनामा दशैं तिहार फेस्टिवल म्युजिक अवार्ड — २०८०मा निर्णयकको भुमिकामा रहेका संगीत संयोजनमा पोख्त राजु खड्का सम्मानित भएका छन् ।
लामो समय देखि गीत संगीत क्षेत्रमा कृयाशिल खड्का लाई एक्टिभ म्युजिक प्रा.लि.ले उत्कृष्ट निर्णायकको रुपमा प्रस्तुत भएको भन्दै कार्यक्रमको प्रमुख अतिथि पुर्व भुमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालको हातबाट सम्मानित गराएको थियो ।
सम्मानित खड्काले २५ बर्ष भन्दा लामो समय देखि गीत संगीतको क्षेत्रमा धरै अवार्डहरु समेत पाईसकेका छन् । खड्काले धरै गीतहरुको रचना समेत गरेका छन् र बजारमा समेत धेरै चर्चा कमाउन सफल भएका छन् ।
राजु खड्का सांगीतिक बजारमा वरिष्ठ संगीत संयोजनकर्मीका रुपमा स्थापित भईसकेका छन् ।
यो कार्यक्रम एक्टिभ म्युजिक प्रा.लि.का प्रमुख, मोडल, सर्जक कलाकार आफैंमा बहु प्रतिभाका धनि बिजेन्द्र नौबागेको शभापतित्वमा भएको कार्यक्रम लोक दोहोरी गायक माधव भण्डारीले सन्चालन गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा पुर्व भुमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल ,बिशिष्ठ अतिथिमा बिशिष्ठ कलाकार तथा निर्देशक शुभाष प्रसाद गजुरेल, ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठ बिशेष अतिथिमा बरिष्ठ गायक तथा संगीतकार बि बि अनुरागी राष्ट्रिय लोक दोहोरी गायक पि एन सापकोटा,बरिष्ठ कलाकार यादव बैरागी चलचित्र निर्देशक अमर वलि, गीतकार सामना शाह,चलचित्र निर्माता ,गितकार ,गायक तथा संगीतकार नवराज जंग थापा,समाजसेवी तथा प्रेस सेन्टर टोखाका अध्यक्ष कृष्णहरी के.सि.,समाजसेवी तथा मानवअधिकारवादी ,सर्जक मनु बाँठा मगर रहेका थिए ।

कार्यक्रममा जर्ज सम्मान अन्तर्गत निर्देशक राहुल बराईली,संगितकार मदन नेपाली तथा गायक प्रविन राई लाई सम्मान गरिएको थियो ।
कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयो गर्ने सहयोगी संस्था हरित शान्ति समाज नेपाल काठमाडौं र सोदिप ट्राभल्स एण्ड टुर्स प्रा.लि. गोंगबु काठमाडौं लाई कार्यक्रमको अवसरमा सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा समाजसेवी तथा संचारकर्मी सम्मान अन्तर्गत समाजसेवी तथा संचारकर्मी डि.बि. पराजुली,गायीका तथा संचारकर्मी अम्बिका कुमारी राई तथा समाजसेवी साबित्रा लिम्बु सम्मानित हुनु भएको थियो ।
यो कार्यक्रमको अवसरमा वरिष्ठ ध्वनि मिश्रण डिका गुरुङ (काठमाडौं डिजिटल प्रा.लि.),वरिष्ठ गायक माधव भण्डारी, वरिष्ठ लोक दोहोरी गायक रामचन्द्र चन्द, लोकप्रिय गायक तथा संगीतकार टिका बोम्जन, गायक संजोक योन्जन,गायक अभिनय यादव, कलाकार प्रविन एन.बि.,मोडल विशाल लामा, श्रंगार बिक्रम गौतम,गायीका सुस्मिता स्याङ्तान, बाल कलाकार आरिया शाही ठकुरी, रक्षा नौबागे र रोक्सना नौबागे कला सम्मान २०८० बाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा बालकलकारहरुको नृत्य तथा गायक तिलक बस्नेतको प्रस्तुतिले कार्यक्रमलाई अझ रौनक बनाएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »