सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बोक्सी भन्दै हत्या गरेर फरार रहेको आरोपमा दुई जनालाई पक्राउ

काठमाडौं । बोक्सी आरोपमा हत्या गरेर फरार रहेको आरोपमा दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको एसपी मिलन केसीले बताए ।

उनका अनुसार, २९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई कुटपिट गरेर उनीहरुले हत्या गरेका थिए ।

हत्यापछि फरार रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको एसपी केसीले बताए । प्रहरीले १५ वर्ष पुरानो यो मामलामा थप अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »