सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेशनल डिजाईनर रनवे २०२४ को प्रथम अडिसन सम्पन्न, फिनाले सुकुटे विचमा गरिने

काठमाण्डौं । मोडल सङ्स नेपालले आयोजना गर्दै आएको फेसन डिजाईनर र मोडलहरुको बृहद प्रतियोगितात्मक कार्यक्रम नेशनल डिजाईनर रनवे, चौथो संस्करण (२०२४) को प्रथम अडिसन सम्पन्न भएको छ ।

काठमाण्डौंको कमल पोखरी स्थित सिटि सेन्टरमा रहेको टेस्ट टाउन फूड कोर्टमा शनिवार उक्त अडिसन सम्पन्न भएको हो ।

बरिष्ठ संचारकर्मी सरोज ओझा, पूर्व मोडल एवं महिला उद्यमी रुवि महतो र डिजाईनर रन वे दोस्रो संस्करणका विजेता बिप्लव राज नागर नहर एवं उपविजेता सरला डंगोल निर्णायक रहनु भएको उक्त अडिसनमा कुल २५ जना डिजाईनर र ६० जना मोडलहरु सहभागी थिए ।

सहभागी डिजाईनरहरुले डिजाईन शो र मोडलहरुले र्याम्प वाकसहित अडिसन दिएका छन् ।

उक्त अडिसनमा व्युटि प्याजेन्ट विजेता मोडल र दिग्गज फेसन डिजाईनहरु सहभागी रहेको निर्णायक मण्डलमा रहनु भएका बरिष्ठ संचारकर्मी सरोज ओझाले जानकारी दिनुभयो ।

चौथो संस्करणको नेशनल डिजाईनर रनवेको फिनाले २८ फेव्रुअरीमा सुकुटे विचमा हुने मोडल सङ्स नेपालका प्रबन्ध निर्देशक स्वोस्ती दंगालले जानकारी दिनुभयो ।

प्रतियोगितामा फेशन डिजाईनरहरुले तयार पारेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रिएर प्रस्तुत हुने उहाँले बताउनुभयो ।

प्रबन्ध निर्देशक दंगालले डिजाईन र र्याम्प वाकका आधारमा विजेता घोषणा गरिने पनि जानकारी गराउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »