सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालीको श्रम गन्तव्य खाडीबाट युरोपतिर मोडिंदै

काठमाडौं । दाङको बबई गाउँपालिका-५ का रेशमबहादुर मगरका बाबु कर्णबहादुरले आधा जीवन कतारमा बिताए । कतारमा ८ वर्ष भवन बनाउने मजदुरको रुपमा काम गरेका उनले त्यहाँ बगाएको पसिनाले ६ जनाको परिवारको जीविका चलाए ।

रेशमका बाबुमात्र हैन, उनका दुई काका प्रेम र जीतबहादुर मगरले पनि खाडीमै बगाएको पसिनाले सन्तानको शिक्षादीक्षा र खानपानको बन्दोबस्त गरे । ११ कक्षा पढेपछि रेशमले पनि बुबा र काकाकै जस्तो विदेश जाने बाटो पछ्याए । तर उनले गन्तव्य चाहिँ फरक रोजे । ८ महिनायता उनी युरोपको क्रोएसियामा छन् । ‘खाडीमा बुबाले पाएको दुःख सुनेर त्यहाँ जान मन नै भएन, उनले भने, ‘राम्रो देशमा अवसर पनि राम्रो होला भनेर यहाँ आएँ ।’

प्युठानका मीनराज खड्काले खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई) मा ५ वर्ष अस्पताल क्लिनिङ (सरसफाइ) को काम गरे । त्यहाँ उनी दैनिक १६ घण्टा काम गर्थे । त्यति गर्दा पनि मासिक ३० हजार रुपैयाँ भन्दा बढी कमाउन नसकेपछि स्वदेश फर्किएका उनी तीन वर्षपछि फेरि विदेश जाने निष्कर्षमा पुगे । तर यो पटक उनले खाडी नभएर युरोप राष्ट्र पोर्चुगल रोजे । ‘देशभित्र रोजगारी छैन । खाडीमा जाउँ दुःखमात्रै छ, कमाइ छैनु, उनी भन्छन्,’ ‘त्यहाँ पाएको दुःख सम्झेर अरु नै देश जाने बाटो रोजेँ ।’

प्यूठानको सरुमारानी गाउँपालिका-७ का किसान भण्डारीका जेठा र माइला दाइ रोजगारीका लागि साउदी अरेबिया र मलेसिया गए । दाजुहरु एक दशक ती देशमा बस्दा पनि आर्थिक हैसियत माथि उठाउन नसकेको देखेका किसान भने युरोप जाने सुरसारमा छन् ।

‘हाम्रा बाबु-दाजुले दुःखमात्र झेले, जति पसिना बगाए पनि अभाव टार्दाटार्दै दाइहरुको उमेर बित्यो,’ उनले भने, ‘त्यो दुःख म पर्न चाहन्न । खाडीमा जस्तो दुःख कम र कमाइ पनि राम्रो हुने भएकाले युरोप जाने सुरसारमा छुँ ।’

रोजगारीका लागि विदेश जाने नेपाली बढ्दो क्रममा छन्, तर गन्तव्य भने विस्तारै फेरिन थालेको छ । पछिल्लो दुई दशकसम्म प्रमुख श्रम गन्तव्य बनिरहेको खाडी मुलुक जानेको संख्या क्रमशः घट्दो छ । बरु युरोप जानेको संख्या विस्तारै बढ्न थालेको तथ्यांकबाट देखिएको छ ।

श्रम मामिला विज्ञ रामेश्वर नेपाल पनि नेपालीको श्रम बजार युरोप बन्न थालेको बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »