सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“जिन्दगीको उठिबास” टेलिचलचित्र मार्फत आम दर्शकहरुलाई सामाजिक जनचेतना र मनोरन्जन दिदै बिकास थापा मगर

काठमाडौं । युवाब्यवसायी,मोडल,कलाकार तथा “जिन्दगीको उठिबास” टेलिचलचित्रका निर्देशक र निर्माता समेत रहेका बिकास थापामगरले “जिन्दगीको उठिबास” टेलिचलचित्र मार्फत आम दर्शकहरुलाई सामाजिक जनचेतना र मनोरन्जन दिने उदेश्य रहेको बताएका छन् ।
आज सामाजिक कथावस्तुमा आधारीत नेपाली टेलिचलचित्र “जिन्दगीको उठिबास”भाग सात सार्वजानिक गर्दै सोकुरा बताएका हुन
मनोरन्जन र सामाजिक जनचेतनालाई संग संगै अगाडी बढाउने कथालाई दर्शकसामु पस्केर मन जित्न यो नेपाली टेलिचलचित्रमा निर्देशक तथा निर्माता, युवा ब्यवसायी,मोडल,कलाकार बिकास थापामगर र टिमले निकै मेहेनत गरेको बताए ।
बहु प्रतिभाकाधनि, युवा ब्यवसायी तथा मोडल बिकास थापा मगरले आफ्ना चाहना ,रहर र ईच्छालाई पुरागर्न निर्देशन तर्फ यहि श्रृंखला मार्फत आफ्ना पाईला अगाडी बढाएका हुन् ।
बिभिन्न ठुलो पर्दाका चलचित्र, म्युजिकभिडियो तथा टेलिचलचित्र मार्फत कलाकारीतामा प्रवेश गरेका थापामगरले हाल सालै धनेश्वर फिल्मस्को ब्यानरमा बनेर, धनेश्वर फिल्मस् कै अफिसियल युट्युब च्यानलमार्फत यो नेपाली टेलिचलचित्र सार्वजानिक गरिएको छ ।
यो टेलिसिरियलमा रमा थपलिया,बिकास थापा मगर,कमल लामा,देव महर्जन,आशा बिसी,दिपक सुनार,मुस्कान घिमिरे,गोपाल अधिकारी,श्रृजना गजमेर,ईन्द्र मगर,विपुल क्षेत्री, रेजु कुँवर लगायतले अभिनय गरेका छन् ।
आशा बिसी को श्रृंगार,बिकास चौधरीको स्वर÷संगीत,रमेश बिसुङ्खेको सम्पादन रहेको यस सिरियलको निर्माता बिकास थापामगर र कमल लामा रहेका छन् भने निर्देशन बिकास थापा मगर आफैले गरेका हुन् ।
प्रेम र मिश्रृत सामाजिक कथामा आधारीत यो सिरियलको मुख्य उदेश्य आम दर्शकलाई मनोरन्जन तथा शिक्षा दिने रहेको निर्माता तथा निर्देशक बिकास थापा मगरले बताएका छन् ।
यहि सिरियल मार्फत नव कलाकारहरुको उत्पादनसमेत हुने थापामगर बताउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »