सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जाजरकोटका भुकम्पपिडितलाई भुकम्परहित घर बनाउन काठमाडौंमा कन्सर्ट

काठमाडौं । जाजरकोटका भुकम्पपिडितलाई भुकम्परहित घर बनाउन काठमाडौंमा कन्सर्ट गरिने भएको छ ।
हाम्रो शुनिश्चित भविश्य नेपाल संस्थाको आयोजनामा यो कार्यक्रम हुन लागेको
जाजरकोटमा भुकम्परहित घरबनाउन केहि समय अगाडीनै ब्यवसायी तथा समाजसेवी शान्त शर्मा तथा सामाजिक अभियन्ता तथा गायक तिलक बस्नेतले स्वयंसेवी अभियान मार्फत राहत संकलन कार्यको शुरुवात गरिसकेका छन् । यसैलाई थप मद्यतकोलागि कन्सर्ट मार्फत राहत संकलन गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।
कन्सर्टको शुरुवात भोलि माघ १३ गते हाँडीगाउँको गहनापोखरी बाट गरिने भएको छ । कन्सर्टमा गायकहरु तिलक बस्नेत,रमेश पाठक,मानस राज,गायीकाहरु रिता के.सी.,सुमित्रा कोईराला,शुसिला बराल तथा डान्सर रोमा न्यौपाने र अदिती श्रेष्ठले आफ्नो प्रस्तुति गर्नेछन् ।
कार्यक्रमलाई ग्रीनसिटी अस्पताल,बालुवाटार अर्गानिक्स्,विगेन नेपाल,गुल्मी जिल्ला समाज यु.के.ले सहयोग गर्ने भएको छ भने मिडिया पार्टनरको रुपमा सारा खबर डटकम रहने छ ।
सामाजिक अभियन्ता,युवा,विद्यार्थी,ब्यवसायी तथा आम नागरिकलाई कन्सर्ट मार्फत सांगीतिक मनोरन्जन लिदैं भुकम्पपिडितहरुलाई सहयोग गर्न आयोजक पक्षले सबैमा हार्दिक अपिल समेत गरेको छ ।
माघ १३ गते दिउँसो ३ बजे हाडीगाउँको गहना पोखरीमा जम्मा भएर सांस्कृतिक कार्यक्रम मार्फत भुकम्प पिडितको घाउमा मल्हम लगाउने अभियानको संयोजन ब्यवसायी तथा समाजसेवी शान्त शर्माले गर्ने आयोजकहरुले जानकारी गराएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »